काठमाडौं । सरकारले सहकारी संस्थाहरुलाई मर्जरमा लैजाने भएको छ । सहकारी संस्थाहरु धेरै भए भन्ने जनगुनासो आइरहेका बेला सरकारले मर्जरका लागि प्रोत्साहन गर्ने नीति लिएको हो ।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सहकारी संस्थाहरुलाई मर्जरमा लैजान प्रोत्साहन गर्ने बताइन् ।
सहकारी संस्थाको उद्देश्य तथा कार्य क्षेत्रका आधारमा गाभ्न/गाभिन प्रोत्साहत गने बताएकी हुन् । उनले रोजगारी सृजना, स्थानीय उत्पादन वृद्धि तथा गरिबी न्यूनिकरणका लागि सहकारी क्षेत्र भूमिका हुने बताइन ।
SHARE YOUR THOUGHTS