काठमाडौं । बीमा समितिले लककडाउनको अवधिमा मोटर बीमाको प्रिमियम छुट दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
समितिले मंगलबार मोटर बीमा दर सम्बन्धी निर्देशन जारी गर्दै चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनले गर्दा थन्किएर रहेको सवारी साधनको प्रिमियममा छुट दिन निर्देशन दिएको हो ।
समितिद्वारा जारी निर्देशन अनुसार चैत ११ गतेदेखि लकडाउन अवधिभरसम्म थन्किएर रहेको सवारी साधानको प्रिमियम तिर्दा बीमितले सावारी साधनको वार्षिक कुल बीमा शुल्ककोे एक तिहाई रकम जोखिम व्यवस्थापनको लागि कट्टा गरी बाँकी दुई तिहाईमा प्रिमियम शुल्कमा छुट पाउने छन् ।
कुल प्रिमियमको हिसाब गर्दा तेस्रो पक्ष, यात्रु र कर्मचारीको बीमा लगायत जोखिम समुहको समेत हिसाब गर्नुपर्नेछ । यस्तै अत्यवाश्यक सवारी साधनको हकमा भने नेपाल सरकारले सुचना जारी गरेर सवारी साधन सञ्चालन अनुमति दिएको अवधिसम्मको लागि थन्किएको अवधि कायम गरी प्रिमियम छुट दिन निर्देशन दिएको छ ।
SHARE YOUR THOUGHTS