काठमाडौं । हाईलाइफ फुड प्रोडक्ट प्रालि बुटवल–१०, रुपन्देहीले कोरोना भाईरसका कारण छिमेकी मुलुक भारतबाट फर्केर आई क्वारेण्टाईनमा बसेकाहरुको दैनिक खानपिनका लागि आफ्ना उत्पादनहरु वितरण गरेको छ । उद्योग उत्पादित चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगायतका खाद्य सामाग्री सहयोग गर्दै आएको हो ।
बुटवल, वडा नंं ४ कान्ति मा।वि।को क्वारेन्टाईनमा रहेका ११० जनाको लागि मिश्रीत खाद्यान्न प्याकेज उक्त वडाका वडा अध्यक्ष टंक प्रसाद पराजुलीलाई हस्तान्तरण गरेको छ । यसबाट उक्त स्कुलमा रहेका व्याक्तिहरुले धेरै राहत अनुभव गर्र्ने विश्वास गर्दै उक्त कम्पनीले यस विषम परिस्थितीमा निकै सह्रानीय काम गरेकोे अध्यक्ष पराजुलीले जानकारी गराए ।
त्यस्तै सोही दिन कम्पनिले तिलोत्तमा–२, स्थित दुर्गादत्त माध्यामिक विधालयको क्वारेन्टाईनमा रहेका ४५ जना व्यक्तिहरुको लागि त्यस वडाका वडा अध्यक्ष दधिराम गौतमलाई खाद्य सामाग्री हस्तान्तरण गरेको छ । यसअघि पनि सियारी गाउंपालिका वडा नंं। १ का ३०० विपन्न परिवारलाई एक सातालाई पुग्नेगरी उक्त वडाका वडा अध्यक्ष अरुण साही मार्फत खाद्यान्य सामाग्री हस्तान्तरण गरिसकेको र कम्पनीले बेलाबखतमा यस्ता सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको पनि कम्पनीका प्रवन्ध निर्देशक प्रशान्त घिमिरेले जानकारी दिए ।
उक्त कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्यमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन भएको र उत्पादीत वस्तु नेपाल अधिराज्यको साथै विदेशमा पनि हङकङ, मकाउ लगायतका देशहरुमा विक्री वितरण गर्दै आएको र हाल अष्ट्रेलिया र अमेरिकामा पनि निर्यात गर्ने प्रकृयामा रहेको छ । यस विषम परिस्थीतीमा पनि कम्पनीले खाद्यान्न अभाव नहोस भन्ने हेतुले निकै समस्याका बावजुद पनि विभिन्न सुरक्षाका मापदण्ड अपनाएर आफ्नो उत्पादनलाई निरन्तरता दिएको छ भने कम्पनीमा कार्यरत आफ्ना कर्मचारीहरुको सुरक्षाकालागि कम्पनी स्वयंमले कोभिड–१९ बीमा व्यबस्था गरिदिएको छ ।
SHARE YOUR THOUGHTS