काठमाडौं । कोरोना भाइसरको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरको लकडाउनमा वैदेशिक व्यापार घटेको छ ।
भन्सार विभागका अनुसार सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाख मसान्तसम्म नेपालको वैदेशिक व्यापार ११.८९ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको बैशाख मसान्तसम्म १२ खर्ब ५६ अर्ब ६७ करोड रुपैयाँ कुल वैदेशिक व्यापार रहेकोमा चालु आवको सोही अवधिमा १ खर्ब ४९ अर्ब ४७ करोड रुपैयाँले घटेर ११ खर्ब ७ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ ।
विभागको तथ्यांक अनुसार यो अवधिमा १२.९९ प्रतिशतले आयात घटेको छ । गत वर्षको बैशाख मसान्तसम्म ११ खर्ब ७८ अर्ब १३ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरिएकोमा चालु आवको सोही अवधिमा १० खर्ब २५ अर्ब १३ करोड रुपैयाँको मात्र वस्तु तथा सामान आयात गरिएको छ ।
सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेको थियो । लकडाउन पश्चात मुलुक भित्रिने देश बाहिरीने वस्तु तथा सेवा नियातको वृद्धिदर पनि घटेको छ ।
नेपालको गत फागुन मसान्तसम्म निर्यातको वृद्धिदर २२.३५ प्रतिशत थियो । जुन १७.८५ प्रतिशतले घटेर बैशाख मसान्तसम्म ४.५० प्रतिशतमा सीमित भएको छ ।
समीक्षा अवधिमा नेपालबाट ८२ अर्ब ६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।
जुन गत आवको सोहि अवधिको तुलनामा ७ अर्ब १५ करोड रुपैयाँ बढी हो । गत आवको बैशाख मसान्तसम्म नेपालले ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको थियो ।
आयात र निर्यातको सन्तुलन नमिल्दा नेपालको वैदेशिक व्यापारघाटा भने बढ्दो नै छ ।
बैशाख मसान्तसम्म नेपाललाई ९ खर्ब ४३ अर्ब ७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापारघाटा छ ।
जसमा नेपालको सबैभन्दा बढी भारतसँग व्यापारघाटा रहेको छ । बैशाख मसान्तसम्म भारतबाट ६ खर्ब २८ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरी ८२ अर्ब ६ करोड रुपैयाँ वस्तु तथा सामान निर्यात गरेको छ ।
जसमा भारतसँग मात्रै नेपालको ९ खर्ब ४३ अर्ब ७ करोड रुपैयाँ बराबरको व्यापारघाटा भएको हो ।
यसैगरी नेपालले चीनसँग १ खर्ब ५६ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरी ५८ अर्ब ४१ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गर्दा ५ खर्ब ७० अर्ब ५ करोड रुपैयाँ व्यापारघाटा छ ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालले वैदेशिक व्यापार गर्ने १ सय ५२ देशमध्ये बैशाख मसान्तसम्म १ सय २३ देशमा खर्ब रुपैयाँदेखि हजार रुपैयाँसम्म व्यापारघाटा छ ।
SHARE YOUR THOUGHTS