काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य चण्डीराज ढकालले महासंघ अध्यक्ष भवानी राणाले आफ्नो हैसियत बिर्सिएको आरोप लगाएका छन् ।
महासंघको साधारणसभाको मिति तोक्न आफूहरुले गरेको लिखित प्रस्तावलाई केही पूर्वअध्यक्ष र स्वार्थी व्यक्तिहरुका कारण बेवास्ता गर्दै महासंघको विधानको खिल्ली उडाएको ढकालले आरोप लगाए ।
‘भवानी राणालाई मैले महासंघको साधारण सदस्यमा प्रवेश गराएर अध्यक्ष पनि बनाएँ, भवानीका लागि मैले के गरिँन ? सुरज वैद्यले त्यस्तो काम नलाग्ने मान्छेलाई किन बोकेर हिँडेको भन्दा पनि सबै कुरा छाडेर बोकेर हिँडे, शिखरमा पनि पुर्याएँ,’ ढकालले क्लिकमाण्डूसँग भने, ‘तर अहिले आएर उनले केही व्यक्तिको उक्साहटमा आफ्नो हैसियत बिर्सिइन् ।’
अध्यक्ष राणालाई आफ्नो हैसियत सम्झिन उनले आग्रह पनि गरे ।
‘चण्डीलाई भर्याङ बनाएर आफूले लिनुपर्ने सबै लिइसकेँ अब चण्डी किन चाहियो र ? भनेर भवानीजीले सोचेकी रहिछन्,’ उनले भने, ‘उनले कहाँ के-के गरेकी छन्, मलाई थाहा छैन र ? उनले निहुँ खोजेपछि म चुप लागेर बस्दिन ।’
महासंघको नेतृत्वमा आउन शेखरलाईभन्दा चन्द्र ढकाललाई हतार, चुनावको मिति तोक्न लिखित दबाब
केही दिनभित्र भवानी राणाका बारेमा अहिलेसम्म लुकेर रहेका कुराहरु आफूले सार्वजनिक गर्ने उनले बताए ।
महासंघमा चण्डीराज ढकालको शक्ति देखेर उसलाई बाहिर राख्नुपर्छ भन्ने केही पूर्वअध्यक्ष र महासंघकै स्वार्थी केही सदस्यको उक्साहटमा भवानीले यस्तो हर्कत गरेको उनको आरोप छ ।
‘मलाई एक्ल्याउने खेलमा भवानीजी लागेकी छन् म त्यसै छोड्दिन,’ उनले भने, ‘म जे बोल्छु त्यो गरेर पनि देखाउँछु ।’
‘भवानीको कार्यकाल लम्ब्याएर आफ्नो निजी स्वार्थ्य पूरा गर्न उद्यत प्रवलजंग पाण्डे लगायतको हनुमानहरुको एउटा झुण्ड छ भने अर्कातिर असारमा चुनाव भयो भने आफू हार्छु भन्ने थाहा पाइसकेकाहरुले यो षड्यन्त्र गरे,’ उनले भने, ‘सबैको हिसाबकिताब हुन्छ ।’
आफूले एक साताअघि राणासँग कुरा गर्दा उनले मैले हजारौं गल्ती गरेँ अब गर्दिन भनेको तर फेरि अर्को गल्ती गरेको पनि ढकालले दाबी गरे ।
महासंघको विधानमा विषेश परिस्थिति आए ३ महिनासम्म मात्रै निर्वाचन सार्न सक्ने कानूनी प्रावधान रहेको उनले सम्झाए । आगामी असार मसान्तमा त्यो समय सकिने छ ।
‘हामीलाई निर्वाचन अधिकृतले पनि निर्वाच गर्ने हदैसम्मको प्रयास गर्नुहोस् होइन भने कसैले अदालतमा मुद्दा हलिदियो भने विधान निष्क्रिय हुनसक्छ भनेका छन्,’ उनले भने, ‘हामीले विधानअनुसार काम गरौं, निर्वाचनको मिति तोकेर प्रक्रिया अघि बढाऔं, परिस्थिति झनै जटिल भयो भने बाधा अड्काउ फुकाउने प्रावधानमा टेकेर फेरि पनि मिति सार्न सकिन्छ भन्दा उहाँहरुलाई किन टाउको दुखाइ ?’
यो खेलमा भवानीको टिमले शेखर गोल्छालाई पनि गुमराहमा राखेएको उनले बताए ।
‘साधरणसभा भयो भने शेखर गोल्छा स्वतः अध्यक्ष हो, शेखरलाई पनि गुमराहमा राखेर भवानीको टिमले आफ्नो कार्यकाल लम्ब्याउने ग्रान्ड डिजाइन गर्यो,’ ढकालले भने, ‘यस्तो अवस्थामा पनि शेखर बोल्न नसकेको देख्दा अचम्म लागेर आउँछ ।’
‘म प्रष्ट बोल्ने मान्छे हुँ, उनीहरु मलाई आक्रमण गर्छन् भने म पनि प्रत्याक्रमण गर्छु,’ ढकलले भने, ‘अनि हेरौंला त्यसको मूल्य कसले कति चुकाउँदो रहेछ ।’
शेखरसँग केही दिनअघि आफ्नो कुरा भएको उनले सुनाए ।
‘मसँग कुरा गर्दा त शेखरले दाईको कुरामा म शतप्रतिशत सहमत छु भनेको थियो, तर पछि कुरा फेरिएछ,’ उनले भने ।
चुनाव हुन नदिन षडयन्त्र गर्नेहरुमा प्रवलजंग पाण्डेजस्ता भवानी राणाका हनुमानहरु र चुनाव लड्ने आकांक्षा भएका तर हार्छु भन्ने लागेकाहरु भएको उनको भनाइ छ ।
‘भवानीको कार्यकाल लम्ब्याएर आफ्नो निजी स्वार्थ्य पूरा गर्न लागेका प्रवलजंग पाण्डेलगायतको हनुमानहरुको एउटा झुण्ड छ भने अर्कातिर असारमा चुनाव भयो भने आफू हार्छु भन्ने थाहा पाइसकेकाहरुले यो षडन्त्र गरे,’ उनले भने, ‘सबैको हिसाबकिताब हुन्छ ।’
असारमा महासंघको निर्वाचन गर्न सकिने चण्डीले दाबी गरे ।
‘सरकारले भोलि बजेट ल्याउँदैछ, नियमितरुपमा संसदको बैठक भइरहेको छ, अब सरकारले लकडाउन विस्तारै खोल्न थालिसकेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा असारमा मज्जाले चुनाव गर्न सकिन्छ ।’
कसैले चण्डीलाई पाखा लगाएर आफूले जे चाह्यो त्यही गर्छु भन्ने सोचेको छ भने त्यसले ठूलो मूल्य चुकाउनु पर्ने उनले चेतावनीसमेत दिए ।
‘म प्रष्ट बोल्ने मान्छे हुँ, उनीहरु मलाई आक्रमण गर्छन् भने म पनि प्रत्याक्रमण गर्छु,’ ढकालले भने, ‘अनि हेरौंला त्यसको मूल्य कसले कति चुकाउँदो रहेछ ।’
देश लकडाउनमा भएका बेला तपाईंलाई चाहीँ चुनावको हतारो किन भन्ने प्रश्नमा उनले भने, ‘कोरोनाका समस्या १/२ वर्ष जान्छ, हामीले सुरक्षा विधि अपनाएर विधानले भनेका कामहरु गर्नुपर्छ, उद्योगधन्दा पनि खोल्नुपर्छ, आर्थिक गतिविधि चलायमान छन् भन्ने सन्देश दिनुपर्छ ।’
भवानी राणाको कमजोर नेतृत्वका कारण सरकारले निजी क्षेत्रका मागहरु सम्बोधन गर्न वास्ता नगरेको भन्ने सदस्यहरुको गुनासो रहेको पनि उनले प्रष्ट पारे ।
नयाँ कार्यसमितिको निर्वाचन भएको अवस्थामा मात्रै बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष हुने चण्डीले बताए ।
‘यो कुरा शेखर गोल्छाले बुझ्नुपर्छ,’ उनले भने ।
‘विधानअनुसार महासंघको कानूनी बैधानिकतामाथि प्रश्न नउठोस् भन्ने उदेश्यले मात्रै आफूहरुले असारमै साधारणसभाको मिति तोक्न आग्रह गरेका हौं,’ उनले भने ।
अझै पनि भवानी राणा सच्चिने ठाउँ रहेको बताउँदै नसच्चिए परिस्थिति अर्कै हुने उनले बताए ।
आफूले बोकेर ठाउँमा पुर्याएका मान्छेहरु आफ्नै विरुद्धमा प्रयोग भएको देख्दा उदेक लागेको पनि उनले सुनाए ।
SHARE YOUR THOUGHTS