काठमाडौं । सरकारले देशभर १० नयाँ सहरको विकास गर्नका लागि २ अर्ब रुपैयाँ बजेट छुट्याएको छ। काठमाडौं उपत्यकामा मात्रै ४ वटा नयाँ सहर बनाइने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै आधारभूत पूर्वाधार सहितको सुरक्षित र दीगो सहर विकास गरिने घोषणा गरेका हुन्।
सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार काठमाडौं उपत्यकामा उपसहरको विकास गरिने र यसले बढ्दो सहरीकरणका कारण देखिएको समस्या समाधान हुने सरकारको विश्वास छ ।
SHARE YOUR THOUGHTS