काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक कृयाकलापलाई थप कर लगाएर करको बोझ थप्न नचाहेको बताएका छन् ।
आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषण सकिएपछिको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले यस्तो बताएका हुन् । चालु आवमा आन्तरिक कृयाकलाप आंशिक रुपमा संकुचित भएको र बाह्य रुपबाट आउने पनि घटेको समयमा आन्तरिक कृयाकलाप सिथिल बन्नबाट रोक्नको लागि करको बोझ नबोकाएको बताएका हुन ।
उनले आगामी आर्थिक वर्षको बजेटमा कर प्रणालीमा धेरै परिवर्तन नगरेको पनि जानकारी गराए ।
सरकारले आन्तरिक उत्पादनलाई राजस्वको मूख्य आधार बनाउँदै जाने र आयातित बस्तुमा लागेको करको आधारबाट राजस्व प्रणालिलाई निर्भरतामा कम गर्दै जाने नीति लिएको बताए । विगत ३ वर्ष यता यसमा सरकारले सफलता हाँसिल गर्दै आएको मन्त्री खतिवडाको तर्क छ ।
यसै कारण मूल्य अभिवृद्धि कर यथावत रहेको छ । आयकरको दर यथावत रहेको र नमिलेका केही कुरा मिलाउन बाँकी राखेर धेरै ठाँयमा कर तिर्ने अवधि बढाएको बताए । अहिलेसम्मको करको दायित्व फरफारक गरेमा, दण्ड जरिवाना, ब्याजमा छुट दिने सरकारको निर्णको पनि मन्त्री खतिवडाको भनाइ छ ।
यसले गर्दा आन्तरिक राजस्वमा धेरै परिवर्तन नभएको र अन्तशुल्क लाग्ने एक दर्जन जति बस्तुको अन्तशुल्क घटाएको पनि जानकारी गराए ।
अन्तशुल्क लाग्ने बस्तु कम गर्दै लैजाने तर्फ सरकारको ध्यान गएको बताए ।
भन्सार तर्फ आयातित बस्नु र कच्चा पदार्थको भन्सारदरको बीचमा कम्तिमा पनि १ तहको फरक हुनुपर्ने बताए ।
केही छुट बस्तुको अहिले समायोजन गरेको बताए । उनले भने ‘कच्चापदार्थको रुपमा ति बस्तुहरु प्रयोग हुने तर उपभोग्य बस्ुतको रुपमा पनि प्रयोग हुनसक्ने बस्तुहरुलाई कुनै अर्को उद्योगको लागि कच्चा पदार्थ हो भन्दैमा छुट दिन सकिँदैन ।’
अन्तिम उत्पादनको लागि प्रयोग हुने र त्यो कच्चा पदार्थ नै हो भने सबै बस्तुको भन्सार महसुल तयारी बस्तुको भन्दा १ तहमुनी राख्ने बताए ।


प्रतिक्रिया