गण्डकी प्रदेशको बजेट बढ्यो, कोरोनाका लागि ६० करोड ४० लाख

काठमाडौं । गण्डकी प्रदेशले चालु आवको भन्दा आगामी आवको बजेट केही बढाएको छ । चालु आर्थिक वर्षमा खर्च कम भइ नगद मौज्दात भएकाले बजेट बढाइएको हो ।

प्रदेशले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ६० करोड ४० लाख रुपैयाँ बिनियोजन गरेको छ । यो रकम गुणस्तरीय क्वारेन्टि निर्माण र सञ्चालन, उपचार, विशेष अस्पताल र आइसोलेसन स्थापना र सञ्चालन, सबै जिल्लामा अस्पतालमा शैय्या थप गरी सघन उपचार कक्षा स्थापना, पीसीआर परीक्षण, औषधि उपकरण खरिद र कोष स्थापनाका लागि खर्च हुनेछ ।

प्रदेशले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । यसका लागि २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । त्यसका लागि कोभिड १९ को प्रभाव र असर न्यूनिकरण गर्न पुँजी निर्माण तथा रोजगारी सिर्जना गर्ने पूर्वाधार विकासका योजना सञ्चालन गर्ने गरी बिनियोजन गरिएको उलेख छ ।

त्यसैगरी कोरोनाले असर पारेको क्षेत्रगत पुनरुत्थानका लागि व्यवसाय जीवन रक्षा कोषका लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ ।

कोरोनाका कारण स्वदेश र विदेशमा रोजगारी गुमाएकालाई स्वरोजगार बनाउनका लागि १८ करोड ४२ लाख रुपैयाँ र व्यवसायिक तथा सीप विकास तालिम केन्द्र सञ्चालनका लागि १० करोड ५० लाख, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रमार्फ सञ्चालन हुने तालिमका लागि ९ करोड ८९ लाख र कृषि लक्षित कार्यक्रमका लागि १८ करोड ५० लाख र पर्यटनका लागि २ करोड ५ लाख बजेट छुट्याइएको छ ।

त्यसैगरी ३ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्नका लागि २ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

बजेटकाे पूर्णपाठ

माननीय सभामुख  महोदय,

सभामुख महोदय,

अब म, चालु आर्थिक वर्षमा प्रदेश सरकारका तर्फबाट सम्पादित महत्वपूर्ण कामहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दछु।

 

सभामुख महोदय,

अब म, आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्दछु। बजेटका उद्देश्य निम्नानुसार रहेका छन्:

 

माथि उल्लिखित उद्देश्य हासिल गर्न देहाय अनुसारका क्षेत्रगत प्राथमिकता निर्धारण गरेकोछु।

 

सभामुख महोदय,

अब म, अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहमा भएको विनियोजन सम्बन्धी विवरण प्रस्तुत गर्न चाहन्छु।

सभामुख महोदय,

अब म आगामी आर्थिक वर्षको बजेटका कार्यक्रम तथा विनियोजन प्रस्तुत गर्न चाहन्छु।

कोरोना रोगको रोकथाम असर न्यूनीकरण

 

स्वास्थ्य क्षेत्रको सुदृढीकरण

 

शिक्षा क्षेत्र

 

सामाजिक सुरक्षा, श्रम तथा रोजगार, युवा तथा खेलकुद संस्कृति

 

कृषि, भूमि व्यवस्था तथा  सहकारी

 

पर्यटन प्रवर्द्धन कार्यक्रम

 

उद्योग  तथा आपूर्ति

 

वन तथा वातावरण विज्ञान प्रविधि

 

सडक तथा पुल

 

यातायात व्यवस्थापन

 

भवन तथा आवास शहरी विकास

 

ऊर्जा तथा विद्युतीकरण

 

खानेपानी तथा सरसफाइ

 

सिंचाई तथा नदी नियन्त्रण

 

शान्तिसुरक्षा सूचना तथा सञ्चार

 

विपद् व्यवस्थापन

 

सुशासन तथा शासकीय क्षेत्र

 

आयोजना व्यवस्थापन

 

सभामुख महोदय,

अब म, बजेटमा उल्लिखित क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन र स्रोत अनुमान प्रस्तुत गर्न चाहन्छु।

सभामुख महोदय,

अब म, आर्थिक वर्ष २०७७/७८ को लागि राजस्वका नीति प्रस्तुत गर्न चाहन्छु।

 

माननीय सभामुख महोदय,

धन्यवाद।