काठमाडौं । मोबाइल एप ‘रिचार्जर’ले कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा उपलब्ध गराउने भएको छ ।
आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको जनाएको छ । रिचाजर्रले यही असार १६ गते मंगलबार दिउँसो २ बजे देखि ३ बजेसम्म एक घण्टाको अवधिमा कम्तीमा १० बोतल भिटामिन सीयुक्त डबल सी ब्रान्डको जुस अर्डर गर्नेलाई निशुल्क मास्क उपलब्ध गराउने भएको हो ।
उक्त सेल अवधिमा जुस अर्डर गर्दा रिचार्जरका प्रयोगकर्ताले एक हजार क्यास प्वाइन्ट भने रिडिम गर्नुपर्ने हुन्छ । रिचार्जरको मोबाइल एप डाउनलोड गरी खाता सञ्चालन गर्ना साथ १ हजार क्यास प्वाइण्ट पाइने रिचार्जरले जनाएको छ ।
साबिकका प्रोयोगकर्ताको हकमा खातामा सञ्चित रहेको क्यास प्वाइन्ट रिडिम गरेर जुस किन्दा मास्क निशुल्क पाईने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाईडरले बताए । ‘अहिले बजारमा १० वटा मास्कको मूल्य नै १ हजार रुपैयाँभन्दा धेरै पर्छ । त्यहि भएर थाइल्याण्डमा उत्पादित उच्च गुणस्तरको इम्युनिटी बुस्टर जुस किन्दा मास्क सित्तैमा दिन लागेका हौं’ अलाईभ ग्लाइडरले भने ।
यो अफरमा आउने अर्डरको डेलिभरी ढिलोमा ४८ घण्टामा गरिसक्ने रिचार्जरले जनाएको छ । मोबाइल, ल्यापटप तथा इलेक्टोनिक ग्याजेटेस भने अर्डर गरेको २४ घण्टाभित्रमा डेलिभरी हुनेछ ।
रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटललगायत सबै क्षेत्रको लागि कोभिड–१९ का सुरक्षा उपकरणहरु समेत सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ ।
जतिको रिचार्ज गर्यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले बीमा, बिजुली, इन्टरनेट, टिभीलगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० प्रतिशत क्यास प्वाइन्ट दिन्छ ।
यसरी उपलब्ध हुने क्यास प्यान्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।
SHARE YOUR THOUGHTS