सेयर बजारमा सकारात्मक सर्किट, २० मिनेट बजार बन्द « Eglish Khabarhub

सेयर बजारमा सकारात्मक सर्किट, २० मिनेट बजार बन्द



काठमाडौं । तीन महिनापछि खुलेको बजारमा दोस्रो दिन उल्लासमय कारोबार भएको छ । मंगलबार  कारोबार शुरु भएको ४८औं मिनेटमा बजारमा ४ प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

योसँगै बजार २० मिनेटका लागि बन्द हुनेछ । यो समाचार तयार पार्दासम्म ११६ कम्पनीको २ लाख ७७ हजार ९१३ कित्ता सेयर १३ करोड ५२ लाख ५ हजार ७३९ रुपैयाँको सेयर कारोबार भएको छ।

बजार खुलेदेखि नै उकालो लाग्न शुरु गरेको थियो । अहिले प्रायः सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

Publish on: