काठमाडौं । सेयर बजारमा ६ प्रतिशतको सर्किट ब्रेक लागेसँगै मंगलबारको लागि बजार बन्द भएको छ ।
कारोबारको सुरुदेखि नै बजारमा बढोत्तरी देखिएको थियो ।
पहिलो १ घन्टा नपुग्दै ४ प्रतिशतको सर्किट लागेर २० मिनेट, दोस्रो पटक ५ प्रतिशतको सर्किट लागेर ५० मिनेट बन्द भएको बजार तेस्रो पटक ६ प्रतिशतले बढेर मंगलबारको लागि बन्द भएको छ ।
नेप्से सूचक ७२.०५ अंकले बढेर १२६०.७५ बिन्दुमा रोकिएको छ ।
मंगलबारको कारोबार सुरु भएदेखि नै उछाल देखिएको थियो । यो दिनको कारोबारमा १३४ कम्पनीको ४ लाख ८९ हजार ५३७ कित्ता सेयर २२ करोड ७२ लाख १२ हजार १९४ रुपैयाँमा किनबेच भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५.६३ अंकले बढेर २७१.९२ बिन्दुमा रोकिएको छ ।
कारोबारमा बैंकिङ समूह ७३.७२, विकास बैंक ६५.६६, जलविद्युत ३९.७७, निर्जीबन बीमा २९६.१५, उत्पादन तथा प्रशोधन १२२.१७, माइक्रोफाइनान्स ७७.७ र जीवन बीमा समूहको उपसूचक ६३४.९८ अंकले बढेको छ ।
प्रतिक्रिया