काठमाडौं । विश्वमा नै पहिलो पटक सबैभन्दा लामो समय बजार बन्द गरेर नयाँ रेकर्ड कायम गरेको नेपालमाको सेयर बजार खुले लगत्तै उछाल देखिएको छ ।
९८ दिनपछि खुलेको बजारमा सोमबार यू टर्न भएर दोहोरो अंकको गिरावट आए पनि मंगलबारको कारोबारमा उछाल देखिएको छ । मंगलबार शुरुदेखि नै खरिदकर्ताको चाप देखिएसँगै बजार शुरु भएको २ घन्टामा ६.०६ प्रतिशतले बढेर बन्द भएको छ ।
यसले लकडाउनको समयमा बजारमा गिरावट आउँछ भनेर ९८ दिनसम्म बन्द गर्ने गिरोहलाई गतिलो झापड समेत मिलेको विश्लेषकको तर्क छ । बन्दाबन्दीपछि खुलेको बजार हेर्दा लकडाउनमा पनि बजार बन्द गरेर लगानीकर्ताले सम्पत्ति बन्धक बनाउनु गलत निर्णय भएको चर्चा शुरु भएको छ ।
अहिले बजारमा एकाएक उछाल आउनको कारण साउनबाट नागरिक लगानी कोषले शुरु गर्न लागेको स्टक डिलर, मार्जिन लोनको सीमा ६५ बाट ७५ पुग्नुलाई नै हेरिएको जानकारहरुको तर्क छ ।
लकडाउनको कारण देशको अर्थतन्त्र तहसनहस भएको समयमा एकाएक बजार बढनुमा यो बाहेक अन्य कुनै कारण बजारका जानकारहरुको तर्क छ ।
विश्वभर फैलिएको कोरोनाको असर नेपालमा पनि देखिए पछि चैत ११ गतेदेखि लकडाउन शुरु भयो । त्योसँगै सेयर बजार पनि बन्द भयो । अत्यावश्यक सेवा सूचारु गर्ने सरकारको निर्णय भए पनि सेयर बजार अत्यावश्यक सेवामा पर्न सकेन ।
बैंक तथा वित्तीय संस्था, सहकारी, बीमा कम्पनी खुल्दा पनि सेयर बजार खुल्न नसकेपछि सार्वत्र आलोचना पनि भयो । विश्वभर फैलिएको कोरोनाको असरमापनि सेयर बजार खुलेपनि नेपालको सेयर बजार खुलेन ।
जसले गर्दा जनताको सम्पत्ति बन्धन बनाएको भन्दै आलोचना हुँदा पनि बजार खुलेन । पछिल्लो समयमा उद्योग व्यवसायीदेखि सामान्य पसल समेत खुल्दा पनि सेयर बजार खोल्न चासो दिइएन ।
यसमा धितोपत्र बोर्डको कमजोरी देखिएको भन्दै आलोचना शुरु पनि भयो । यो अवधिमा सेयर लगानीकर्ता, ब्रोकरलगायतले बजार खोल्न बोर्डलाई दबाब दिएपछि लकडाउन भएको ९८ दिनपछि खुलेको छ ।
त्यसो त वैशाख ३० र ३१ गते बजार खुला गरिएको थियो । त्योबेला बजारमा गिरावट आउने भन्दै सेयर लगानीकर्ताका संगठनहरुले नेप्सेमै पुगेर बजार बन्द गराउन दबाब दिए । लगानीकर्ताले नै दबाब दिएर बजार बन्द गरेपछि बोर्डले पनि बजार खोल्नका लागि खासै चासो दिएन ।
तर गत साता जब धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना अर्थमन्त्रालयमा पुगे अनि बजार खोल्ने मनस्थितीमा पुगे । अर्थमन्त्री डा. युवराज खतिवडाले तत्काल बजार खोल्ने भए खोल्नु होइन भने स–साना कुरा लिएर यहाँ नआउनु, बजार खोल्दा भोलिका दिनमा लगानीकर्ताले विरोध नगर्ने गरी खोल्नु भनेपछि बजार खुलेको हो ।
सोही दिन बोर्डले सबै लगानीकर्ताका संगठनलाई आगामी दिनमा कुनै पनि बाहनामा बजारको विषयमा आन्दोलनलगायतका गतिविधि नगर्ने कागज गराएर सोमबारदेखि बजार खुलेको छ ।
मंगलबारको कारोबारमा बजारमा उछाल नै आएको छ । यसले लकडाउनको समयमा बजार बन्द गर्ने र लगानीकर्ताको सम्पत्ति बन्धक बनाउनेलाई गतिलो झापड पनि मिलेको छ ।
मंगलबारको कारोबारमा नागरिक लगानी कोष, एसिइन लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्यारेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्टको कारोबारमा सर्किट लागेको छ ।
यस दिन उल्लेखित कम्पनीका साथै साल्ट टे«डिङ कर्पोरेशन, विजय लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी, साना किसान विकास बैंकका लगानीकर्ताले मनग्य कमाएका छन् ।
यस्तै नेपाल पुनर्बीमा कम्पनी, ओरियन्टल होटल, सानिामा इक्विटी, बेस्ट फाइनान्स, एनआईबिएल सम्बृद्धि फण्ड–१ का लगानीकर्ताले गुमाएका छन् ।
प्रतिक्रिया