नेपाल एयरलाइन्सले लकडाउनमा १० हजार यात्रु बोक्यो, करिब २ लाख केजीबढी केजी कार्गो ल्यायो « Eglish Khabarhub

नेपाल एयरलाइन्सले लकडाउनमा १० हजार यात्रु बोक्यो, करिब २ लाख केजीबढी केजी कार्गो ल्यायो


१६ असार २०७७, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल एयरलाइन्सले उच्च स्वास्थ्य सतर्कता अपनाएर चार्टर्ड उडानमार्फत् विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्दार गर्ने काम गरिराखेको छ ।

लकडाउन शुरु भएयता मंगलबार बिहानसम्म एयरलाइन्सले ६१ चार्टर्ड उडानमार्फत् करिब १० हजार यात्रुलाई सेवा दिइसकेको छ । विमानमा यात्रा गर्दा कोभिड–१९ रोकथामका लागि अपनाइएको सुरक्षाका विधिहरु भने विश्वका अन्य एयरलाइन्सले अपनाएको भन्दा कम नभएको एयरलाइन्सको दाबी छ ।

नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु जुहारचनले कोरोना अपरेटिङ प्रोसिड्युअर बनाएर चार्टड उडानलाई व्यवस्थित गरिएको बताए । उनले यात्रुसँग सकेसम्म सम्पर्क कम होस् भन्ने उद्देश्यअनुसार खाने कुरामा प्याक्ड सर्भिस उपलब्ध गराइएको जानकारी दिए ।

यस्तै विमानभित्र कुनैपनि यात्रुलाई कोरोना भाइरस (कोभिड–१९)को लक्षण देखा परेमा तत्काल आइसेलेटेड गर्ने व्यवस्था विमानभित्रै गरिएको जुहारचनले बताए ।

‘कुनै प्यासेन्जरलाई लक्षणहरु देखियो भने इनफ्लाइट म्यानेज गर्नेगरी इनफ्लाइट आइसोलेसन जोन पनि बनाएका छौं,’ उनले भने ।

साथै विमानभित्र केही समस्या भएमा तत्काल आइसोलेसनमा राख्ने र संक्रमणको जोखिम कमगर्ने मेजर्सहरु अपनाइएको उनले जानकारी दिए । चालकदलका सदस्यलाई घर जान नदिई होटल क्वारेन्टिनको व्यवस्था गरिएको समेत जुहारचनले बताए ।

‘उडान भरेपश्चात आफ्नो घरमा गएर परिवारका सदस्यसँग सिधा सम्पर्कमा नआओस भनेर सोल्टी होटलमा क्वारेन्टिनको सेटअप गरेका छौं, उडान भइसकेपछि पनि घर जानु अगावै हामीले पीसीआर टेस्टिङ गरेर नेगेटिभ रिजल्ट आइसकेपछि घर पुर्याइदिने व्यवस्था गरेका छौं,’ उनले भने ।

लकडाउनको अवधिमा नेपाल एयरलाइन्सले कार्गो पठाउने र भित्र्याउने काम पनि राम्रो पाएको छ । यस्तै यो अवधिमा करिब २० हजार यात्रु नेपाल भित्रिएको जुहारचनले बताए ।

‘यो अवधिभरी हामीले १ लाख ८४ हजार १ सय ८७ केजी कार्गो नेपालबाट बाहिर पठाएका छौं । त्यस्तै १ लाख ९३ हजार ९ सय २७ केजी कार्गो भित्र्याएका छौं । यसबीच १४ वटा नयाँ गन्तव्य छ हाम्रो । लगत्तै थ्रि थर्टिमा २ सय ७० र ३२० जहाजमा १ सय ४५ यात्रुको अन्दाजी गर्दा करिब १० हजार जति यात्रु ओसारी सकेका छौं ।’

नेपाल एयरलाइन्सका पाइलट सुरज भण्डारीले कुनै पनि उडान भर्दा गम्भीरतापूर्वक नै स्वास्थ्य सतर्कता अपनाइएको बताए । उनले कोरोना भाइरसको सम्बन्धमा सम्पूर्ण जानकारी राखिएकाले कुनै डर नभएको बताए ।

नियमित उडान नभएपछि चार्टड उडानमार्फत नयाँ एयरपोर्टमा पुग्न परेको अवस्थामा स्वास्थ्यलाई प्राथमिकता दिएर भौतिक दूरी कायम गर्दै गम्भीरतापूर्वक सावधानी अपनाइएको उनले बताए ।

भण्डारीले नेपाल एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएर स्टाण्डर्ड अपरेटिङ प्रोसिड्युअर बनाएको र त्यहिअनुसार नै काम गरिएको बताए ।

ती सबै जानकारीलाई सही तरिकाले प्रयोग गर्न आफुहरुले ध्यान दिएकोले कुनै असुरक्षाको महसुस नभएको भण्डारीको भनाइ छ ।

‘उपलब्ध जानकारीहरुलाई सही तरिकाले कार्यान्वयन गरेर आफूलाई कसरी सुरक्षित गर्ने र हामीसँग यात्रा गर्ने यात्रुहरुलाई कसरी सुरक्षित गर्ने त्यो तरिकाबाट काम गरिरहेको हुनाले त्यस्तो डर छैन,’ उनले भने ।

उनले एकजना पाइलटले दिनमा एउटामा मात्रै उडान गरेको बताए । पाइलटलाई थकान नहुने गरी तालिका मिलाइएको उनले जानकार दिए ।

‘हामी पाइलटहरुले अधिकतम दिनको एउटा फ्लाइट गरिराखेका छौं । हाम्रो जुन नीति नियमहरु छ त्यसभित्र बसेर पाइलटलाई थकान नहुने हिसाबले, आरामलाई पनि ध्यान दिएर उडान गरिएको छ,’ उनले भने ।

पाइलट भण्डारीका अनुसार विदेशको एयरपोर्टमा भन्दा नेपालको एयरपोर्टमा बढी स्वास्थ्य सावधानीका विधिहरु अपनाइएको दाबी गरे ।

‘एक हप्ताको दौरानमा म आफू व्यक्तिगतरुपमा मल्दिभ्स, बहराइन, दुबै र आज मलेसिया गएर फर्कियौं त्यहाँ जुन स्टाण्डर्ड प्रोसिड्युअर्सहरु छ यहाँपनि त्यसरी नै व्यवस्थापन गरिएको छ । सोसियल डिस्टेन्स मेन्टेन गर्ने काम भइराखेको छ त्यहाँ पनि । एउटाकुरा फरक हाम्रोमा के हो भने उहाँहरुले जसरी यात्रुलाई एकैचोटी हुलमा लगेर जाने गर्नुभएको छ हामीले ३०÷३० जना लिएर गइराखेका छौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको मार्किङ्सहरु, स्यानिटाइजरको व्यवस्था, र डाक्टरहरु जुन स्ट्याण्डबाई बसिराख्नु भएको छ त्यो हिसाबले मलाई त हामी पनि अरु देशहरुको म्यानेजमेन्टको तुलनामा एकदमै राम्रो छौं जस्तो अनुभुति भइराखेको छ,’ उनले भने ।

उनले पाइलट, परिचारिकालगायत सबै कर्मचारीलाई होटल क्वारेन्टिनमा राखिएकाले भाइरस सर्छ भन्ने कुनै सम्भावना नरहेको दाबी गरे । त्यसका लागि भौतिक दुरी कायम गर्ने, पीसीआर परीक्षण गर्ने लगायतका सुविधाहरु कम्पनीले दिने भएकाले संक्रमण फैलिने कुनै जोखिम नभएको बताए ।

विमानकी परिचारिका शोनिका केसीले सामान्य अवस्थामा भन्दा अहिले मनोविज्ञानमा फरक पर्ने गरेको बताइन् । यात्रुसँग बोल्दा, सिकाउँदा, साबधानी अपनाएर काम गर्नुपरेकाले केही फरक महसुस भइरोखेको अनुभव साटिन ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार ००:००  ५ : ०५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping