काठमाडौं । बुधबार सेयर बजारमा दोस्रो पटक सर्किट लागेको छ । लकडाउनको तीन मिहना पछि खुलेको बजारमा तेस्रो दिन ५ प्रतिशतले बजार बढेर दोस्रो सर्किट लागेको हो ।
कारोबार सुरु भएको ३६ मिनेटमा दोस्रो बजार सर्किट लागेर बजार ४० मिनेटको लागि बन्द भएको हो ।
यसअघि ११ बजेर १३ मिनेटमा ४ प्रतिशतले बढेपछि पहिलो पटक सर्किट ब्रेक लागेको थियो । ११ बजेर ३३ मिनेटमा कारोबार खुलेपछि ३ मिनेटमा नै अर्को सर्किट लागेको हो । अब ४० मिनेटपछि १२ बजेर १६ मिनेटमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया