सेयर बजार ६ प्रतिशतले बढ्याे, बुधबारकाे काराेबार बन्द « Eglish Khabarhub

सेयर बजार ६ प्रतिशतले बढ्याे, बुधबारकाे काराेबार बन्द



काठमाडौं । बुधबार सेयर बजार ६ प्रतिशतले बढेर बन्द भएको छ । कारोबारको सुरु देखि नै बढेको बजार डेढ घन्टामा नै ६ प्रतिशतले बढेको हो ।

बजार मापन गर्ने सूचक ७५.७७ अंकले बढेर १३३६.५२ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५.१० अंकले बढेर २८७.०२ बिन्दुमा रोकिएको छ ।

१५३ कम्पनीको ११ लाख १ हजार २ कित्ता सेयर ४० करोड ७३ लाख ५२ हजार २४७ रुपैयाँको कारोबार भएको छ ।

Publish on: