काठमाडौं । बीमा समितिले बीमालेख धितोमा दिने कर्जा व्यवस्थालाई परिवर्तन गरेको छ ।
बीमा अभिकर्ताले आर्थिक वर्ष समाप्त हुने महिना असारमा बीमा गराउने र अघिल्लो वर्षको साउनदेखि बीमाको जोखिम बहन गर्ने व्यवस्था अन्तर्गत बीमा गरेको अर्को महिना नै ऋण दिने व्यवस्था थियो ।
क्लिकमाण्डूले बीमालेख धितोमा कर्जा दिने नाममा भएको खेलको बारेमा पहिलो पटक उजागर गरेको थियो ।
जीवन बीमामा टार्गेट पूरा गर्न सुविधाको यसरी हुँदैछ दुरुपयोग, सम्पत्ति शुद्धिकरणको आंशका
बीमा समितिले बीमा गरेको २ वर्षपछि मात्र ऋण लिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
बीमा समितिले बुधबार जीवन बीमा कम्पनीको लागि निर्देशिका जारी गर्दै बीमालेख अन्तगर्त समर्पण मूल्य र बीमालेख धितोमा कर्जा दिदा दुईवर्ष पुरा भएपछि मात्र दिन सकिने व्यवस्था गरेको छ । एकल बीमालेखमा भने यो व्यवस्था लागु हुँदैन ।
यस्तै बीमा समितिले बीमालेख एक आर्थिक वर्षको लागि मात्र ब्याकडेट गर्न सकिने व्यवस्था गरेको छ ।
बीमा अभिकर्ताले टार्गेट पुरा गर्ने नाममा अस्वस्थ प्रतिस्पर्धा बढ्ने गरेको थियो । यसमा सम्पत्ति शुद्धिकरणको समेत जोखिम बढेको थियो ।
SHARE YOUR THOUGHTS