लगानी कोषले माग्यो नागरिक स्टक डिलर कम्पनीलाई सिइओ « Eglish Khabarhub

लगानी कोषले माग्यो नागरिक स्टक डिलर कम्पनीलाई सिइओ



काठमाडौं । नागरिक लगानी कोषले नागरिक स्टक डिलर कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सिइओ)को लागि आवेदन माग गरेको छ ।

कोषले सूचना जारी गर्दै योग्य उमेद्धवारले १५ नागरिक लगानी कोषको भवनमा आवेदन दिन आग्रह गरेको छ ।

आवेदनकर्ता शैक्षिक योग्यता, व्यवस्थापन वा अर्थशास्त्र वा वाणिज्य शास्त्र वा वित्तशास्त्र विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको वा स्नातक तह उत्तीर्णसहित चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनुपर्ने छ ।

सिइओ बन्नका लागि बैंक तथा वित्तीय संस्था वा धितोपत्र बजारमा सूचीकृत भएको संस्था वा उद्योग, वाणिज्य वा धितोपत्र बजारको क्षेत्रमा लेखा वा वित्त वा व्यवस्थापन सम्बन्धी कम्तीमा चार वर्ष व्यवस्थापकीय वा सो सरहको तहमा कार्य गरेको हुनुपर्ने छ । आवेदन दिने व्यक्ति ३० वर्ष पूरा भई ५८ वर्ष ननाघेको हुनुपर्ने छ ।

कोषमा सिइओमा आवेदन दिने व्यक्ति कुनै राजनीतिक दलको सदस्य नरहेको, कम्पनीसँग आफ्नो वा आफ्नो परिवारको सदस्यको निजी स्वार्थ नभएको, आफ्नो नाममा व्यक्तिगत बेरूजु तथा सरकारी बाँकी नरहेको र कर चुक्ता गरेको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको हुनुपर्ने छ ।

यस्तै दामासाहीमा नपरेको, किर्ते वा जालसाजीको आरोपमा सजाय नपाएको, बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी वा प्रचलित कानून बमोजिम कालो सूचीमा नपरेको, कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त नगरेको व्यक्ति हुनुपर्ने छ ।

Publish on: