काठमाडौं । मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
नेकपामा बहमुत स्थायी समिति सदस्यले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । संसद् अधिवेशन आजदेखि नै अन्त्य हुने छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बैठक स्थगित गर्नेछिन् ।
संसद् अधिवेशन अन्त्य भएसँगै सरकारलाई अध्यादेश ल्याउने बाटो खुलेको छ । यसअघि नै प्रधानमन्त्री ओलीले दल विभाजन गर्ने र संवैधानिक निकायमा आफुखुसी नियुक्त गर्न सक्ने अध्यादेश ल्याएका थिए । पार्टीमा नै तीव्र विरोध भएपछि अध्यादेश फिर्ता लिन ओली सरकार बाध्य भएको थियो ।
SHARE YOUR THOUGHTS