काठमाडौं । एनआईसी एशिया लघुवित्तको सेयरमा ३ लाख ९७ हजार ७४१ जना आवेदकले सेयर पाउने भएका छन् ।
यस आधारमा हेर्दा अधिकांश सेयरधनीले न्यूनतम १० कित्ता सेयर पाउने छन् भने केहीले गोलाप्रथाबाट २० कित्ता सेयर पाउने छन् ।
सेयरको बाँडफाँड आइतबार हुने छ ।
लघुवित्तको आइपीओमा ४ लाख १४ हजार १८० जनाले २ करोड २० लाख ६६ हजार ३९० कित्ताको लागि २ अर्ब ३० करोड ६६ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका छन् ।
यसरी हेर्दा १६ हजार ४९७ जना आवेदकले सेयर नपाउने भएका छन् । निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले ३ लाख ९७ हजार ७४१ जना आवेदकले सेयर पाउन योग्य भएको भन्दै प्रि अलटमेन्टकोको काम सकिएको जनाएको छ ।
कम्पनीले ४७ करोड ५५ लाख रुपैयाँको ४७ लाख ५५ हजार रुपैयाँको आइपीओ निष्कासन खुल्ला गरेको थियो ।
SHARE YOUR THOUGHTS