काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड शनिबार हुने भएको छ ।
यसअघि आइबार उक्त सेयर बाँडफाँड हुने भनिएपनि शनिबार नै बाँडफाँड हुने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार शनिबार बिहान ९ः३० बजे बाँडफाँड हुने छ । लगानीकर्ताले उक्त सेयर बाँडफाँडको जानकारी सानिमा क्यापिटलको फेसबुक पेजबाट पाउने छन् । सानिमाले सेयर बाँडफाँडको जानकारी फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ ।
एनआईसीले ४७ करोड ५५ लाख रुपैयाँको ४७ लाख ५५ हजार कित्ता आइपीओ खुला गरेको थियो । जसमा ७४ हजार कित्ता कर्मचारी, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोष र ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।
उक्त आईपीओमा २ करोड ३० लाख ३९० कित्ताका लागि आवेदन परेको थियो । जसमा १६ हजार जनाको आवेदन रद्ध भएको छ । उक्त आईपीओमा १० कित्ता सबैले पाउने देखिएको छ ।
SHARE YOUR THOUGHTS