काठमाडौं । नेपाल वायुसेवा निगमका ३ जना पाइलटसहित १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
विभिन्न देशमा उद्दार उडानका क्रममा पाइलटसहित क्याविन क्रुलाई समेत कोरोना संक्रमण भएको निगमले पुष्टि गरेको हो ।
उद्दार उडानका क्रममा सबै प्रकारका स्वास्थ्य सुरक्षामा मापदण्ड पूरा गरेको भए पनि संक्रमण भएको निगमको भनाइ छ । निगमले उडानमा कार्यरत क्वाविन क्रु मेम्बरहरुलाई सोल्टी होटलमा राखेको थियो । संक्रमितहरुलाई सोल्टी होटलमै आइसोलेट गरिनेछ ।
SHARE YOUR THOUGHTS