काठमाडौं । संसदीय उपसमितिले धितोपत्र दलाल व्यवसायीको चुक्ता पुँजी २ वर्षमा बढाएर १० करोड पुर्याउँदै पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्न सुझाव दिएको छ ।
पुँजी बजार तथा मुद्रा बजार सम्बन्धमा अध्ययन गर्न गठन सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठन भएको उपसमितिले धितोपत्र दलाल व्यवसायीको हालको न्यूनतम २ करोड रुपैयाँ रहेको चुक्ता पुँजीलाई वृद्धि गरी २०७९ असार मसान्तसम्म १० करोड रुपैयाँ पुर्याउन सुझाव दिएको हो ।
साथै दलाल व्यवसायीलाई पब्लिक लिमिटेड कम्पनीमा जान पनि सुझाव दिएको छ । ब्रोकर कम्पनी आपसमा गाभिन चाहेमा निश्चित अवधिको कर सुहलियत दिइ गाभिन प्रोत्साहन गर्न सुझाव दिएको छ ।
यस्तै ब्रोकर कम्पनीले लगानीकर्तालाई वित्तीय साक्षरता अनिवार्य गर्न आम्दानीको १ प्रतिशत हिस्सा संस्थागत सामाजिक उत्तरदायित्वमा लगानी गर्ने व्यवस्थालाई अनिवार्य गर्न सुझाव दिएको हो ।
उप समितिले दिएको प्रतिवेदनमा मापदण्ड पुुर्याएर आवश्यकताको आधारमा प्रदेश वा स्थानिय तहमा शाखा विस्तार गर्नुपर्ने पनि सुझावमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS