२९ मंसिर २०८२, आइतबार

सगरमाथा इन्स्योरेन्सको सीइओमा चंकी क्षेत्रीको निरन्तरता


काठमाडाैं । सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीलाई पुनर्नियुक्त गरेको छ।

पहिलो चार वर्ष कार्यकाल सकिएसँगै कम्पनीको सञ्चालक समितिले क्षेत्रीलाई पुनः आगामी चार वर्षका लागि नियुक्त गरको हो ।

उनको पछिल्लो कार्यकारल असार १८ गते समाप्त भएको थियो । कम्पनीको असार २५ गते बसेको २८७औँ सञ्चालक समितिको बैठकले उनलाई असार १८ गतेदेखि नै लागू हुने गरी सीइओ पदमा पुनर्नियुक्त गरिएको कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ।

क्षेत्रीले कम्पनीमा बिगत २० वर्षदेखि विभिन्न पदमा रहेर काम गर्दै आएका छन् ।