काठमाडौं । डिजिटल टिभी अपरेटर तथा उपभोक्ताको हकहितको संरक्षण गर्ने उद्देश्यले नेपाल डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपाल तदर्थ समिति गठन गरिएको छ । साउन २ गते गठन गरिएको तदर्थ समितिको अध्यक्षमा डिसहोमका सुदीप आचार्य छन् ।
त्यसैगरी सदस्यहरुमा म्याक्स टिभीका दिनेश सुवेदी। मेरो टिभीका प्रकाश घिमिरे, भायो टिभीका बिनय बोहोरा। ब्रोड टिभीका बिनोद तिमलसिना, नेट टिभीका निरनराज भण्डारी, प्रभु टिभीका रविन सुवेदी, क्लियर टिभीका अमित थापा छन् ।
तदर्थ समितिले नेपालमा केही साता अघि प्रतिबन्ध लगाइएको भारतीय न्यूज च्यानल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको समेत जानकारी दिएको छ ।
भारतीय विभिन्न न्यूज च्यानलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका सम्बन्धमा विभिन्न भ्रामक तथा घृणित कपोकल्पित र नेपाली जनताको आस्थामाथि प्रहार गर्ने जस्ता समचार सम्प्रेशण गरेकोले अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जानकारी दिएको छ । बन्द गरिएका भारतीय न्यूज च्यानलमा आजतक, एबीपी न्यूज, जी न्यूज र इन्डिया टिभी छन् ।
समितिले आगामी तीन महिनाभित्र लागू हुन गइरहेको क्लिनफिडलाई समेत मन्त्रायको समन्वयमा नीति नियम निर्माण गरी लागू गर्नुपर्ने समेत बताएको छ ।
SHARE YOUR THOUGHTS