यही वर्षदेखि टी प्लस टू कार्यान्वयन गर्दै बोर्ड (नीति तथा कार्यक्रमको पूर्णपाठ) « Eglish Khabarhub

यही वर्षदेखि टी प्लस टू कार्यान्वयन गर्दै बोर्ड (नीति तथा कार्यक्रमको पूर्णपाठ)



काठमाडौं । धितोपत्र बोर्डले यही वर्षदेखि धितोपत्र कारोबारमा टी प्लस टू कार्यान्वयनमा ल्याउने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले यस्तो बताएका हुन । उनले राफसाफ तथा फछ्र्यौट प्रणाली टि प्लस २ मा मा हुने हुने बताए ।

उनले नेप्सेको टे«डिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस) लाई प्रभावकारी बनाउने व्यवस्था मिलाउने बताए ।

हाल टी प्लस थ्री को व्यवस्था रहेको छ । अहिलेसम्म सेयर किनेको तेश्रो दिन खातामा सेयर आउने र बेच्नेले पनि सोही अवधिमा खातामा पैसा पाउने व्यवस्था रहेको छ । अब यो परिवर्तन भएर दोस्रो दिन मै बेच्नेको खातामा पैसा र किन्नेको खातामा सेयर आईपुग्ने छ ।

यस्तै बोर्डले यसै वर्षदेखि प्राइभेट इक्वीटी फण्ड तथा भेन्चर क्यापिटल जस्ता विशिष्टिकृत लगानी कोषहरु संचालन गर्न अनुमति दिने भएको छ ।

Publish on: