हिमालयन डिस्टिलरीको सेयर बिक्री प्रकरणः सेबोनले नेप्सेसँग डाटा माग्यो, रिपोर्ट अन्तिम चरणमा « Eglish Khabarhub

हिमालयन डिस्टिलरीको सेयर बिक्री प्रकरणः सेबोनले नेप्सेसँग डाटा माग्यो, रिपोर्ट अन्तिम चरणमा



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेप्सेसँग हिमालयन डिस्टिलरीको पूर्वसञ्चालक रहिशा श्रेष्ठ साहसहित तीन पुस्ताले गरेको सेयर कारोबारको विवरण माग गरेको छ ।

नियामकको आँखा छल्दै साह परिवारले बेच्यो हिमालयन डिस्टिलरीको करोडौंको सेयर (विवरणसहित)

कानूनविपरीत सेयर बिक्री गरेको पाइएपछि बोर्डले छानविनका लागि भन्दै नेप्सेसँग एक वर्षको कारोबार विवरण मागेको हो ।

बोर्डले मागेको सम्पूर्ण विवरण नेप्सेले पठाइसकेको छ ।

बोर्डले नेप्सेसँग रहिशाको श्रीमान राजबहादुर साह, ससुरा विजयकुमार साह तथा सासुका साथै उनका बुबा-आमाको नाममा भएको सेयरको विवरण माग गरेको हो ।

उक्त विवतरण नेप्सेले बोर्डमा पठाएसँगै अनुसन्धानलाई थप बल पुगेको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले क्लिकमाण्डूलाई बताए ।

यति मोटो रकममा सेयर बिक्री गरेको रकम कहाँ लगियो ? भनेर सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि अनुसन्धान शुरु गर्ने जानकारी दिएको छ ।

डिस्टिलरीको पूर्वसञ्चालक रहिशाले धितोपत्र किनबेच सम्बन्धि विद्यमान कानूनी व्यवस्थाविपरीत सेयर बिक्री गरेको तथ्यसहित क्लिकमाण्डूले समाचार प्रकाशित गरेपछि सेबोनले आवश्यक विवरण नेप्सेसँग माग गरेर अनुसन्धान शुरु गरेको अध्यक्ष ढुंगानाले बताए ।

‘रहिशा श्रेष्ठ साहको त्यसदिन (चैत ६ गते) भएको कारोबार नियम संगत देखिएन, नियमसंगत नभएको पाइएपछि हामीले यो गम्भीर विषय भएको निष्कर्श निकाल्दै झट्टै अनुसन्धान थाल्यौं,’ अध्यक्ष ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘अनुसन्धान प्रतिवेदन अन्तिम चरणमा छ ।’

बोर्डले कारोबारको प्रकृति कस्तो छ ? त्यहाँका सञ्चालकले पद छोडेको १ वर्षपछि सेयर बिक्री गर्नुपर्नेमा अगाडि नै बिक्री किन गरियो ? भन्नेमा अनुसन्धान केन्द्रित रहेको उनले जानकारी दिए ।

‘अनुसन्धान प्रतिवेदन चाँडै आउँदैछ,’ ढुंगानाले भने ।

कानून विपरीत हिमालयन डिस्टिलरीको सेयर बिक्री प्रकरणः धितोपत्र बोर्डले छानविन थाल्यो

डिस्टिलरीको पूर्वसञ्चालक रहिशा श्रेष्ठ साहले धितोपत्र किनबेच सम्बन्धि विद्यमान कानूनी व्यवस्थाविपरीत सेयर बिक्री गरेको तथ्यसहित क्लिकमाण्डूले समाचार प्रकाशित गरेपछि यसबारेमा बोर्डले छानविन थालेको हो ।

‘रहिशाले कानून मिचेर सेयर बिक्री गरेको भनेर क्लिकमाण्डूमा समाचार पनि आयो । र, बोर्डमा उजुरी पनि परेको थियो,’ ढुंगानाले भने, ‘त्यसपछि हामीले अनुसन्धान गरेका हौं ।’

रहिशाले सञ्चालकबाट हटेको १ वर्ष नपुग्दै गत चैत ६ गते हिमालयन डिस्टिलरीको २ लाख १३ हजार १ सय ८३ कित्ता सेयर २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँमा बिक्री गरेकी थिइन् । जुन कारोबार कानूनसंगत थिएन ।

यति मोटो रकममा सेयर बिक्री गरेको रकम कहाँ लगियो ? भनेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान शुरु गर्ने जानकारी दिएको छ ।

Publish on: