नेपाल एयरलाइन्सले भन्यो- तोकेकोभन्दा बढी मूल्यमा टिकट बिक्री गरे कारबाही हुन्छ « Eglish Khabarhub

नेपाल एयरलाइन्सले भन्यो- तोकेकोभन्दा बढी मूल्यमा टिकट बिक्री गरे कारबाही हुन्छ



काठमाडौं । नेपाल एयरलाइन्सले तोकेको भन्दा बढी मूल्यमा टिकट खरिद नगर्न आग्रह गरेको छ । विभिन्न देशबाट भइरहेको उद्दार उडानका क्रममा यात्रुबाट अस्वभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएकाले एयरलाइन्सले वेवसाइटमा उल्लेखित मूल्यमा मात्रै टिकट खरिद गर्न आग्रह गरेको छ ।

‘कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वाभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएको तर्फ निगमको गम्भीर ध्यानाकर्षण भएको छ । कतिपय व्यक्ति वा संस्थाले यात्रुलाई सहजै टिकट मिलाईदिने भनी आफ्नो सम्पर्क नं सहित विभिन्न संचार माध्यममा सूचना प्रकाशित गरेको समेत बुझिएकोले त्यस्ता व्यक्ति वा संस्थाको भ्रममा नपर्न सम्वन्धित सबैलाई सूचित गरिन्छ,’ एयरलाइन्सले भनेको छ ।

एयरलाइन्सले वेवसाइटमा प्रकाशित भाडादर भन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट बिक्री गरेको प्रमाणित भएमा प्रचलित कानून बमाजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराएको छ ।

‘उद्दार उडान तालिका र तोकिएको भाडादर निगमले आफ्नो वेवसाइटमा प्रकाशित गरी सोही बमोजिम उडान संचालन गरिरहेको व्यहोरा प्रष्टयाउन चाहन्छौं । साथै, उडान तालिकामा रहेका बाहेक अन्य गन्तव्यमा उडान गरिएको छैन,’ एयरलाइन्सले भनेको छ ।

Publish on: