प्रभु बैंकको उच्च व्यवस्थापनमा हेरफेरः मनिराम डेपुटी सीइओ, सीओओमा पन्त र सीसीओमा श्रेष्ठ « Eglish Khabarhub

प्रभु बैंकको उच्च व्यवस्थापनमा हेरफेरः मनिराम डेपुटी सीइओ, सीओओमा पन्त र सीसीओमा श्रेष्ठ



कठमाडौं । प्रभु बैंकको उच्च व्यवस्थापनमा हेरफेर भएको छ । यसअघि डेपुटी जनरल म्यानेजर (डीजीएम) रहेका मनिराम पोखरेल डेपुटी सीइओ भएका छन् ।

त्यसैगरी, प्रमुख सञ्चालन अधिकृत (सीओओ) दिनेश थकाली प्रभु बैंकले प्रवर्द्धन गरेको प्रभु क्यापिटलको प्रबन्ध निर्देशक भएका छन् ।

प्रभु क्यापिटलका यसअघिका सीइओ भोलाप्रसाद पाठकलाई बाग्मती प्रदेश कार्यालय अर्थात् बाग्मती बिजनेश सेन्टर-एको प्रमुखको जिम्मेवारी दिइएको छ ।

यसअघि प्रमुख कर्जा अधिकृत (सीसीओ) रहेका निरज लम्साललाई बाग्मती बिजनेश सेन्टर-बीको प्रमुख बनाइएको छ ।

यसअघि मानव संशाधन र कर्पोरेट हेड रहेकी रश्मी पन्तलाई सीओओको जिम्मेवारी पनि थपिएको छ । पन्त बैंकको सूचना अधिकारी पनि हुन् ।

त्यसैगरी, यसअघि बिजनेश बैंकिङ हेड रहेका रिवस श्रेष्ठलाई सीसीओको जिममेवारी दिइएको छ भने यसअघि रिटेल बैंकिङ चिफ रहेका रेणुप्रसाद पाण्डेलाई चिफ बिजनेश अफिसर (सीबीओ) को जिम्मेवारी दिइएको छ । साउन १ गतेदेखि लागू हुनेगरी जिम्मेवारी हेरफेर गरिएको बैंकले जनाएको छ ।

Publish on: