एनसेलले ल्यायो नयाँ सिम प्रयोगकर्तालाई बम्पर बोनस प्याकेज « Eglish Khabarhub

एनसेलले ल्यायो नयाँ सिम प्रयोगकर्तालाई बम्पर बोनस प्याकेज



काठमाडौं । एनसेल एनसेल प्राइभेट लिमिटेडले नयाँ सिम प्रयोगकर्ताको लागि बोनस प्याकेजे ल्याएको छ । कम्पनीले नयँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको हो ।

सोे सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक १ सय रुपैयाँ मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन् । साथै, योजना अन्तर्गत ग्राहकले सिम लिँदा, पहिलो रिचार्ज गर्दा र पहिलो एक वर्ष सम्म रिचार्ज गर्दा बोनस डेटा पाउँने कम्पनीले जनाएको छ ।

यसैगरी नयाँ सिम लिँदा ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउँछन् । यसरी सिमसँगै बन्डल भएर आउने डेटा र टक टाइम ७ दिनको लागि मान्य हुनेछ ।

ग्राहकले सिम लिएको दिनको भोलि पल्ट मध्यरात सम्ममा रु १०० वा सो भन्दा बढिको पहिलो रिचार्ज गर्दा ५०० एमबी डेटा (२५० एमबी अल टाइम अल नेटवर्क र २५० एमबी फोरजी डेटा) बोनस स्वरुप पाउँछन् । यो डेटाको समयावधि ५ दिन रहेको छ ।

यसका साथै, ग्राहकले प्रत्येक रु १०० मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्ष सम्म २०० एमबी डेटा ((१०० एमबी अल टाइम अल नेटवर्क र १०० एमबी फोरजी डेटा) बोनस पाउँछन् । यसरी प्राप्त हुने बोनस डेटा ३ दिनका लागि मान्य रहन्छ ।

Publish on: