काठमाडौं । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर २०७७ श्रावण ७ गतेबाट एकल अंकमा हुने गरी तोकेको छ ।
बैंकले यही बुधबारदेखि लागु हुने गरी नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशतमात्रै हुने गरी तोकेको छ ।
हाल बैंकको आधारदर ६.०७ प्रतिशत रहेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ ।
SHARE YOUR THOUGHTS