सेयर बजारमा दोहोरो अंकको सुधार, २ कम्पनीमा सकारात्मक सर्किट « Eglish Khabarhub

सेयर बजारमा दोहोरो अंकको सुधार, २ कम्पनीमा सकारात्मक सर्किट



काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार बजारमा सामान्य सुधार देखिएको छ ।

कारोबारको सुरुदेखि नै निकै उतार चढाव आएपनि अन्तिम समयमा बजारमा दोहोरो अंकको सुधार आएको हो ।

कारोबार मापन गर्ने सूचक १०.१३ अंकले बढेर १४४२.६१ बिन्दुमा रोकिएको छ ।

१८७ कम्पनीको ३३ लाख ९२ हजार ९६९ कित्ता सेयर १ अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ३, होटल ४२.५५, निर्जीबन बीमा कम्पनी १८५.७, उत्पादन तथा प्रशोधन १७.८५, माइक्रोफाइनान्स २७.६५ र जीवन बीमा समूहको उपसूचक १५४.६७ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ११ करोड ३२ लाख ३९ हजार ६७९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ र शिखर इन्स्योरेन्स रहेको छ ।

कारोबारमा तारागाँउ रिजेन्सी होटल र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै ओरियन्टल होटल, कालिका माइक्रोक्रेडिट डभेलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा मल्टिप्रपोज फाइनान्स,हिमालय उर्जा विकास कम्पनी, सिन्धु विकास बैंक, जोशी हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: