पुनर्बीमा कम्पनीका लगानीकर्ता जिल्लै, यो वर्ष लाभांश नदिने « Eglish Khabarhub

पुनर्बीमा कम्पनीका लगानीकर्ता जिल्लै, यो वर्ष लाभांश नदिने



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लगानीकर्तालाई यो वर्ष कुनै पनि लाभांश नदिने भएको छ ।

कम्पनीको आव २०७५/०७६ को वित्तीय विवतरण बीमा समितिले स्वीकृत गरेको छ । उत्त वित्तीय विवरणमा लगानीकर्तालाई यो वर्ष कुनै पनि लाभांश नदिने उल्लेख छ ।

पुनर्बीमा व्यवसाय (व्यवस्थापन तथा सञ्चालन) सम्बन्धि निर्देशिका २०७१ को दफा २१ अनुसार ‘पुनर्बीमकले आफ्नो व्यवसा गर्दा बचत भएको रकम कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा राख्नुपर्ने छ’ भन्ने नियामकको व्यवस्था अनुसार आव २०७५/०७६ को वित्तीय विवरणमा सेयरधनीलाई लाभांश तथा बोनस दिखन नसक्ने जनाएको छ ।

Publish on: