काठमाडौं । लकडाउन खुलेसँगै ऋण उठाउनको लागि एनआईसी एशिया बैंक आक्रामक देखिएको छ ।
बैंकले लकडाउनको बेला नै धितो लिलामको सूचना निकालेको थियो । राष्ट्र बैंकले लकडाउनको बेला धितो लिलामीको सूचना निकाल्न रोक लगाएपछि एनआईसी एशिया ब्याक भएको थियो । त्यसपछि बैंकहरुले लिलामीको सूचना निकाल्न छाडेका थिए ।
मंगलबार एनआईसी एशिया बैंकले ऋण नतिर्ने ऋणीको धितो बिक्रीको सूचना जारी गरेको छ । ऋणीले ऋण नतिरेर बैंकले गैर बैंकिङ सम्पत्तिको रुपमा राखेको सम्पत्ति समेत बिक्री गर्नको लागि सूचना जारी गरेको छ ।
लकडाउन खुलेसँगै चैत ११ अगाडि नै खराब भइसकेका ऋणीको ऋण असुली प्रक्रिया अगाडि बढाउन अन्य बैंक तथा वित्तीय संस्थाले समेत प्रक्रिया अगाडि बढाउन थालेका छन् ।
राष्ट्र बैंकले कोरोना भाइरसको कारण प्रभावित व्यवसायको लागि भने सहुलियत दिएको छ ।
SHARE YOUR THOUGHTS