काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरुदेखि नै बजारमा उतार चढाव भएको थियो ।
बजार मापन गर्ने सू्चक २३.३६ अंकले घटेर परिसूचक १४३१.५२ विन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.१८ अंकले घटेर ३००.४९ बिन्दुमा रोकिएको छ ।
१८७ कम्पनीको ३८ लाख ३९ हजार ६७१ कित्ता सेयर १ अर्ब ६८ करोड ७० लाख ९३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ समूहको उपसूचक २१.७६, विकास बैंक २१.५५, निर्जीबन बीमा समूह १५९.८७, माइक्रोफाइनान्स ५५.६९, जीवन बीमा समूहको उपसूचक १९०.८२ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । पुनर्बीमा कम्पनीको १५ करोड ७१ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ भने दोस्रो र तेस्रोमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंक रहेका छन् ।
यूनियन हाईड्रोपावर, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । यस्तै मिर्मिरे फाइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा जनउत्थान सामुदायिक, ग्लोबल आईएमई लघुवित्त, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS