मासिक ८ हजार किस्तामा यसरी किन्न सकिन्छ कार « Eglish Khabarhub

मासिक ८ हजार किस्तामा यसरी किन्न सकिन्छ कार


१६ श्रावण २०७७, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कोभिड–१९ महामारीको कारण बदलिँदो परिस्थितिलाई सहज बनाउन र आफ्ना ग्राहकहरूको यात्रा निरन्तर साथ दिनका लागि विभिन्न गाडी बिक्रेता कम्पनीहरुले विशेष अफरहरु सार्वजनिक गरेका छन् ।

लकडाउनले लामो समयसम्म बन्द भएको अटोमोबाइल्स कम्पनीहरुले लकडाउन खुल्नासाथ नयाँ अफरहरू सार्वजनिक गरेको हो ।

कोरोना महामारीले आर्थिकमन्दीको समस्या भोगिरहेको अवस्थामा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीहरुले विभिन्न छुट अफर ल्याएका छन् । जसमा मासिक ८ हजार किस्ता मै कार किन्न सकिन्छ ।

कम्पनीहरुले सवारी साधन खरिदमा आकर्षक छुट अफर ल्याए पनि गाडीहरुको व्यापार उत्साहजनक नभएको व्यावसायीहरुको भनाइ छ ।

मासिक ८ हजारमा हुण्डाई सन्ट्रो कार
नेपालका लागि हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेशनल प्रालिले गाडी किन्ने ग्राहकका लागि नयाँ सुविधा सहितको अफर ल्याएको छ ।

‘चुनौतीलाई सामना गर्दै बढ्नु छ अगाडि, हिम्मत छ, हौसला छ, हट्ने छैन कदम पछाडि’ भन्ने नारा दिइएको उक्त अफरमा मासिक किस्ता ८ हजार ४२७ रुपैयाँ तिरेर हुण्डाई सन्ट्रो गाडी किन्न सकिन्छ ।

कम्पनीका अनुसार पहिलो वर्षको अटो किस्ताको मासिक ८ हजार ४२७ रुपैयाँ मात्र तिर्नुपर्ने जनाएको छ । जसमा गाडी किन्दा ५० प्रतिशत ऋण र ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ । पहिलो वर्षमा कम्पनीले आफै आधा किस्ता तिरदिन्छ भने ग्राहकले मासिक ८ हजार ४२७ रुपैयाँ तिरे पुग्छ । त्यसैगरी दोस्रो वर्षमा भने मासिक १७ हजार ५०० रुपैयाँ बुझाउनु पर्ने हुन्छ । सन्ट्रो इराको बजार मूल्य २३ लाख ९६ हजार रुपैयाँ छ ।

यसैगरी, ३० लाख ५६ हजार पर्ने ग्रान्ड आइटेन गाडी मासिक १० हजार ८८३ तिरेर गाडी चढ्न सकिन्छ । जसमा ५० प्रतिशत डाउनपेमेन्ट तिर्नुपर्ने हुन्छ ।

यस्तै, क्रेटाको मासिक १७ हजार २१४ रुपैयाँ किस्ता तिरेर पहिलो वर्ष चढ्न सकिने अफर पनि ल्याएको छ । यी गाडीमा ८ वर्षसम्मका लागि फाइनान्सको सुविधा उपलब्ध छ । साथै, २०७७/७८ सालको सडक कर पनि कम्पनीले नै तिरिदिन्छ । यसका साथै, स्वास्थ्यकर्मीहरूका लागि पनि विशेष छुट ल्याएको कम्पनीले जनाएको छ ।

६ लाख डाउन पेमेन्टमा सुजुकी
सुजुकी नेपालको लागि आधिकारिक बिक्रेता सिजी आई मोटाकर्पले पनि मासिक १७ हजार ९४६ रुपैयाँ ईएमआई तिरेर गाडी चढ्न सक्ने सुविधा ल्याएको छ । साथै, नयाँ अफरमा ६ लाख २४ हजार ७५० रुपैयाँ डाउन पेमेन्टको सुविधा छ । जसमा ग्राहकले १७ हजार ९ सय ४६ रुपैयाँ तिरे पुग्छ ।

यो गाडीको बजार मूल्य २७ लाख ९९ हजार छ । जसमा १ लाख २५ हजार पनि छुट पनि छ । त्यस्तै, वागन आरमा २५ प्रतिशत डाउनपेमेन्ट तिरे पुग्छ । यो कार खरिदमा ८ वर्षसम्मका लागि फाइनान्सको सुविधा उपलब्ध छ ।

यस्तै, सुजुकीको अल्टोबाहेक सबै खालका गाडीमा यो खालको स्किम छ । तर, अल्टोमा भने २० प्रतिशत मात्र डाउनपेमेन्ट रहेको कम्पनीले जनाएको छ । यस गाडीमा ३ लाख ७९ हजार ८०० रुपैयाँ डाउनपेमेन्ट तिर्नुपर्ने सुविधा ल्याएका छन् ।

सिजी मोटो कर्पले घोषणा गरेको नयाँ शुरुवात योजनामा मासिक १३ हजार ९१३ रुपैयाँ ईएमआई तिरेर गाडी चढ्न सक्ने सुविधा छ । साथै, ब्याजदर ७.९९ प्रतिशतबाट शुरू छ । लोन अवधि भने ८ वर्षसम्म कायम हुने कम्पनीले जनाएको छ । यसका साथै गाडी अनुसारको बीमा र एक्सचेन्जको बोनसको पनि व्यवस्था छ ।

टाटा मोटर्सले ल्यायो ५० हजारको छुट अफर
टाटा मोटर्स नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङमा भने अन्य कम्पनीले जस्तो ग्राहकहरूको लागि कुनै पनि आकर्षक स्किम सार्वजनिक गरेको छैन ।

तर, कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा काम गर्ने जस्तै, स्वास्थ्यकर्मीलगायत कर्पोरेटमा काम गर्ने बैंक, इन्स्योरेन्सका व्यक्तिहरूको लागि चलेको स्किमभन्दा ५० हजार छुट रहेको टाटा मोटर्सका मार्केटिङ म्यानेजर प्रसन्न पन्तले जानकारी दिए । यसैगरी कम्पनीले ग्राहकको आवश्यकता अनुसार छुट दिइरहेको र छिट्टै नै अरु अफरहरू पनि ल्याउने योजनामा रहेको जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार ००:००  ४ : ०९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping