बैंकिङ समूहको सव इन्डेक्समा सुधार, जीवन र निर्जीवन बीमाको अवस्था कस्तो ? « Eglish Khabarhub

बैंकिङ समूहको सव इन्डेक्समा सुधार, जीवन र निर्जीवन बीमाको अवस्था कस्तो ?


१६ श्रावण २०७७, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पुँजी बजारमा देखिएको सुधारसँगै विभिन्न कम्पनीको उपसूचकमा पनि सुधार हुँदै गएको छ । पछिल्लो समयमा बैंकिङ समूहको सब इन्डेक्समा पनि सुधार देखिएको छ । एक महिनाको अवधिमा बैंकिङ समूहको उपसूचक १४५.३९ अंकले बढेर १२३७.६७ बिन्दुमा रोकिएको छ ।

असार १८ गते बैंकिङ समूहको सब इन्डेक्स १०९२.२८ थियो । त्यसपछि निरन्तर बढ्दै गयो । नेप्सेसँगै बैंकिङ समूहको सब इन्डेक्समा पनि सुधार देखिँदै गएको थियो । बजारमा केही गिरावट शुरु भएसँगै बैंकिङ समूहको सब इन्डेक्समा पनि गिरावट देखिएको छ ।

नेपालको पुँजी बजारमा ८० प्रतिशतभन्दा बढी हिस्सा बैंकिङ समूहको छ । जसले गर्दा बजारमा देखिने उतारचढावमा समेत बैकिङ समूहको भूमिका महत्वपूर्ण हुन्छ । जसले गर्दा बजार बढ्दा बैंकिङ समूहको सब इन्डेक्समा उतारचढाव देखिएको छ ।

असार १८ गतेदेखि सामान्य बढेको सब इन्डेक्स असार ३० गतेदेखि निकै बढेको देखिएको छ । असार ३० गते ११२८ बिन्दुमा थियो । यसपछि निरन्तर बढेको सब इन्डेक्स साउन ५ गते सबैभन्दा बढी उच्च बिन्दु १२९९.७६ बिन्दुमा रहेको थियो । साउन ४ गते १२७८.९९ बाट एकैपटक बढेर १२९९.७६ बिन्दुमा पुगेको थियो ।

त्यसपछि भने क्रमशः बैंकिङ समूहको उपसूचकमा गिरावट देखिएको हो ।

यस्तै जीवन बीमा समूहको सब इन्डेक्समा पनि निकै सुधार देखिएको छ । असार १८ गते ७ हजार ३७६.९३ रहेकोमा अन्तिम कारोबारसम्म आइपुग्दा १ हजार २३७.७४ अंकले बढेर ८ हजार ६१४.६७ बिन्दुमा पुगेको छ ।

असार १८ गतेबाट बढ्न थालेको उपसूचक २३ गतेसम्म निकै सुधार देखिएको छ । त्यसपछि केही उतार चढाव देखिएको छ । साउन १ गते ८ हजार १८५ रहेकोमा साउन ४ गते ५४१ अंकले बढेर ८ हजार ७२६ बिन्दुमा छ ।

त्यसपछि भने केही उतारचढाव भएको देखिन्छ । त्यसपछि पुनः बढेर उच्च बिन्दुमा पुगेको थियो । त्यसपछि सामान्य गिरावट देखिएको छ ।

साउन १२ गते ८ हजार ८५७.३९ बिन्दुमा पुगेको थियो । एक महिनाको कारोबारमा जीवन बीमा समूहको सब इन्डेक्समाथि पुगेको अंक नै यही हो । यसपछि भने घटेर अन्तिम कारोबारमा दिनमा जीवन बीमा समूहको उपसूचक ८ हजार ६१४.६७ बिन्दुमा छ ।

यता निर्जीवन बीमा समूहको सब इन्डेक्समा पनि सुधार देखिएको छ । असार १८ गते ५ हजार ५०८.६३ रहेको निर्जीबन बीमा समूहको उपसूचक एक महिनामा १ हजार ५९.२९ अंकले बढेर ६ हजार ५६७.९२ बिन्दुमा छ ।

असार १८ गतेबाट बढेको निर्जीवन बीमा समूहको सब इन्डेक्स असार २३ गतेसम्म निरन्तर बढेको थियो । त्यसपछि भने केही उतार चढाव देखिएको छ ।

एक महिनाको बीचमा सबैभन्दा बढी असार १२ गते ६ हजार ८१४.६० बिन्दुमा पुगेको थियो । त्यसपछि पुनः घटेको थियो । घटेर अन्तिम कारोबार दिनमा ६ हजार ५६७.९२ बिन्दुमा रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार ००:००  ४ : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping