तारे होटलको तयारी तीव्र: अस्वस्थ प्रतिस्पर्धा बढ्ने चिन्ता « Eglish Khabarhub

तारे होटलको तयारी तीव्र: अस्वस्थ प्रतिस्पर्धा बढ्ने चिन्ता


१८ श्रावण २०७७, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडाैं । बन्दाबन्दीको ४ महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय खुलेसँगै पाँचतारे होटलले पनि सेवा सञ्चालनको तयारी तीव्र पारेका छन् । सरकारले साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेसँगै स्वास्थ्य प्रोटोकल अपनाइ आवश्यकताअनुरुप जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने तयारी गरेका हुन् ।

४ महिना प्रायः ठप्प होटलको विजनेश विदेशी पर्यटकमा निर्भर रहने हुँदा अझै केही समय समस्यामा पर्ने देखिएको छ । खासगरी तीन तारेदेखि पाँचतारे होटललाई समस्या हुने देखिन्छ ।

एकातिर पर्यटक कम आएमा व्यवसाय बढ्ने अवस्था छैन भने अर्कोतर्फ होटलबीचको प्रतिस्पर्धाले व्यावसायिक पकड जमाउन जटिल हुने व्यवसायीको बुझाइ छ । सरकारले भदौ १ गते देखि आन्तरिक र अन्तरराष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

खर्बौं लगानी रहेका एक दर्जनबढी पाँचतारे होटलको आन्तरिक प्रतिस्पर्धा नै अबको चुनौती भएको सम्बद्ध व्यवसायी बताउँछन् । नेपालमा कोभिड-१९ सङ्क्रमणको जोखिम कम रहेको सन्देश दिन र अन्तरराष्ट्रिय उडान सञ्चालन भएपछि केही सङ्ख्यामा विदेशी पर्यटक आउनसक्ने अनुमानसहित ती पर्यटकलाई आफ्नो होटलमा तान्न पाँचतारे होटलबीच प्रतिस्पर्धा हुनसक्ने उनीहरुको बुझाइ छ ।

होटल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले पाँचतारे होटलबीच शुल्कमा अस्वस्थ्य प्रतिस्पर्धा हुनसक्ने सम्भावना रहेको बताइन ।  सेवासुविधामा अस्वस्थ प्रतिस्पर्धा भएमा होटल क्षेत्रलाई नकारात्मक असर पुग्ने उनको भनाइ छ । उनले होटलको सेवालाई गुणस्तरीय बनाइ सेवा शुल्कमा एकरुपता ल्याउनसके उद्योगलाई दिर्घायु बनाउन सहज हुने विश्वास व्यक्त गरिन ।

कोभिड-१९ सङ्क्रमणको जोखिमका कारण पूर्ण क्षमतामा होटल सञ्चलन गर्ने अवस्था छैन । अहिले पूर्ण क्षमताको एक तिहाइमात्रै सेवा सञ्चालन हुने हानले जनाएको छ । त्यसैले खर्च उठाउनका लागि पनि होटलबीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना छ ।

पाँचतारे सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चपागाईंले बन्दाबन्दीपछि होटल व्यवसाय सञ्चालनमा आन्तरिक प्रतिस्पर्धा मुख्य चुनौती रहेको बताए ।  उनले होटलबीच अस्वस्थ्य प्रतिस्पर्धा भएकाले होटलको सुविधा कटौती हुनसक्ने सम्भावना रहेको भन्दै सरकारले नै न्यूनतम स्ट्याण्डर्ड तोकेर होटललाई निर्देशन दिनसके सम्भावित प्रतिस्पर्धा कम हुने उल्लेख  गरे ।

पाँचतारे होटलका लागि मुख्य बजार छिमेकी मुलुक भारत र चीन भएकाले ती देशको स्थिति सामान्य नहुँदासम्म पर्यटकको सङ्ख्यामा बढोत्तरी हुने अवस्था छैन । त्यसैले होटल सञ्चालन गर्न दिएपछि सरकारले कसरी ‘सर्भाइभ’ गर्ने भन्ने चुनौती देखापरेको उपाध्यक्ष सापकोटाको भनाइ छ । धेरैजसो होटलको सञ्चालन खर्च ठूलो भएकाले त्यसलाई कभर गर्न चुनौती छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बनाइएको मापदण्ड पूरा गर्दा कम्तीमा पनि ३० देखि ५० प्रतिशतसम्म सञ्चालन खर्च बढ्ने व्यवसायीको भनाइ छ ।

नेपालमा कोभिड–१९ सङ्क्रमण देखिए पनि मृत्युदर धेरै कम भएकाले नेपाल पर्यटनका लागि सुरक्षित गन्तब्य हो भन्ने सकारात्मक आधार रहेकाले पर्यटक बढ्नेमा व्यवसायी आशावादी छन् । तीन तारेसम्मका होटल आन्तरिक पर्यटकले सर्भाइभ गराउन सक्नेगरी सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा पनि उनीहरुको जोड छ । सरकारले यही साउन १५ देखि होटल व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । बन्दाबन्दीपछिको पर्यटन क्षेत्रलाई होटल क्षेत्रले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै व्यवसाय सञ्चालन गरेका छन् ।

बन्दाबन्दीको करिब चार महिना व्यवसाय प्रायः ठप्प भएको होटल व्यवसायलाई गतिशील तुल्याउन अबका दिन निकै कठिन हुनेछन् । तीन तारेसम्मका होटल आन्तरिक पर्यटनले धान्न सकिने र अन्तरराष्ट्रिय उडान खुलेसँगै विदेशी पर्यटक आउने आशमा व्यवसायीले सञ्चालनको पूर्वतयारी गरिरहेका हुन् । हानका प्रथम उपाध्यक्ष विनायक शाहले शुरुमा पूर्ण क्षमताको १० प्रतिशत मात्र होटल व्यवसाय सञ्चालन गरिने र क्रमशः अवस्था हेरेर क्षमता बढाउँदै लगिने बताए ।

तीनतारे एयरपोर्ट होटलका प्रबन्ध निर्देशकसमेत रहनुभएका उपाध्यक्ष शाहले अगाडिको बुकिङका लागि पूर्वअभ्यसका रुपमा होटल सञ्चालनमा ल्याइएको बताए ।  उनले केही साना बैठक, सभा तथा पारिवारिक जमघटका लागि उपयोगी भए पनि हामी तयारी अवस्थामा छौँ भन्ने सन्देश दिन पनि सेवा शुरु गरिएको उल्लेख गरे ।र

‘अहिले होटल खुले पनि १५ दिन व्यवसाय हुने अवस्था छैन । भदौ १ देखि अन्तरराष्ट्रिय उडान पनि खुल्ने भएकाले अउने पर्यटकलाई हामी सेवा दिन तयारी अवस्थामा छौँ भन्ने सन्देश दिन होटल क्षेत्र सक्षम भएका छन्, उनले भने ।

विदेशी पर्यटकको आत्मविश्वास बढाउन विमानस्थलमा पीसीआर सेन्टर स्थापना गरेर चाँडो रिपोर्ट लिन सकिन व्यवस्था मिलाउनसके उपयुक्त हुने व्यवसायीको अपेक्षा छ । साथै अनअराइभल प्रवेशाज्ञा जस्ता योजना ल्याउन सकेको खण्डमा पर्यटन व्यवसाय छिट्टै लयमा फर्कने उपाध्यक्ष शाहले बताए ।

नेपालमा हाल १५ वटा पाँचतारे होटल रहेकामा बन्द रहेको पोखराको फूलबारी रिसोर्टबाहेक १४ होटल सञ्चालनमा छन् । हानमा आबद्ध देशभर पर्यटकस्तरदेखि पाँचतारेसम्मका तीन हजार ५०० होटल सञ्चालनमा छन् ।

सरकारी तथ्याङ्कअनुसार हाल होटल क्षेत्रमा ४४ हजार बेड छन् । हालको अवस्थामा २५ लाख पर्यटकलाई सेवा दिन सकिने व्यवसायी बताउँछन् । होटल क्षेत्रमा १५ खर्बभन्दा बढी लगानी रहेको छ । नेपाल पर्यटन बोर्डले हालै गरेको एक अध्ययनअनुसार बन्दाबन्दीको चार महिनामा होटल तथा हवाई क्षेत्रमा  ४१ अर्ब रूपैयाँ नोक्सानी भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार ००:००  १० : ३१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping