लिवर्टी इनर्जी कम्पनी आइपीओ भदौ ३ गते आउँदै « Eglish Khabarhub

लिवर्टी इनर्जी कम्पनी आइपीओ भदौ ३ गते आउँदै



काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) खुल्ला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ताका लागि  आइपीओ  खुला गरेको हो ।  कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्काशन गरिएकोमध्ये बाँकी रहन गएको १३ लाख १४ हजार ९३० कित्ता समेत गरी कुल ३५ लाख ६४ हजार ९३० कित्ता सर्वसाधरणका लागि जारी गर्ने भएको हो ।

भदौ ३ गतेबाट ढिलोमा भदौ १७ गतेसम्म आइपीओको आवेदन खुल्ला गर्ने जनाएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित सेयरमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई क्रेडिट रेडिट रेडिङ एजेन्सि इक्रा नेपालले ग्रेड ४ रेटिङ पाएको  दिएको छ ।

Publish on: