कोरोना भ्याक्सिन उत्पादन गरेको रुसी राष्ट्रपति पुटिनको दाबी « Eglish Khabarhub

कोरोना भ्याक्सिन उत्पादन गरेको रुसी राष्ट्रपति पुटिनको दाबी



रुसी राष्ट्रिपति भ्लादमिर पुटिनले रुसका वैज्ञानिकहरुले कोरोना भाइरसको भ्याक्सिन बनाएको दाबी गरेका छन् । बिबिसीका अनुसार रुसी सरकारका मन्त्रीहरुलाई मंगलबार सम्बोधन गर्दै आज बिहान कोरोना भाइरसको भ्याक्सिन पहिलोपटक सूचीकृत गरेको जानकारी दिए ।

पुटिले यो भ्याक्सिन मानिसहरुमा दुई महिनासम्म परीक्षण गरिने र सबै सुरक्षाको मापदण्ड पालना गर्ने समेत बताए । यो भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले समेत अनुमति दिइसकेको छ ।

अब रुसमा ठूलो संख्याका मानिसमा कोरोना भ्याक्सिन दिन शुरु गरिने विश्वास लिइएको छ । यद्यपि रुसले कोरोना भ्याक्सिन उत्पादनको दौडमा आफूले जित हासिल गरेको समेत दाबी गरेको छ ।

तर रुसका राष्ट्रपति भ्लादमिर पुटिनले सरकारी टेलिभिजनमार्फत घोषणा गर्दै मोकोको गेमालेया इन्स्टिच्युटमा विकास भएको यो भ्याक्सिन पूर्णरुपमा सुरक्षित भएको र आफ्नो छोरीमा समेत प्रयोग गरिसकेको जानकारी दिएका छन् ।

पुटिनले भनेका छन्, ‘मलाई थाहा छ कि यो भ्याक्सिनले इम्युन सिस्टमलाई बलियो बनाउने छ, साथै मैले दोहोर्याएर भन्छु कि हामी सबै सुरक्षाका मापदण्डमा खरो उत्रिएका छौं ।’

उनले छिटोभन्दा छिटो ठूलो संख्यामा भ्याक्सिन उत्पादन समेत गरिने आशा व्यक्त गरेका छन् ।

यो भ्याक्सिन इन्डोनेसियाको सरकारी कम्पनी बायो फार्मासँग मिलेर बनाइएको हो । यसअघि सोमबार सिनोवैकले जानकारी दिँदै यो ट्रायलको दोस्रो चरणमा भएको बताएका थिए । साथै बिरामीहरुमा एन्टिबढीमा आधारित इम्युन रेस्पोन्स प्राप्त भइरहेको छ ।

कोरोना बैंक नाम दिइएको उक्त भ्याक्सिन परीक्षणको यस्तो चरणमा पुगेको छ जुन निकै असरदार मानिएको छ ।

Publish on: