सेयर बजारमा दोहोरो अंकको गिरावट, सम्बृद्धि फाइनान्समा लगानीकर्ता झुम्मिए « Eglish Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट, सम्बृद्धि फाइनान्समा लगानीकर्ता झुम्मिए



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा आएको गिरावट सँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक १६.६० अंकले घटेर १३९१.२९ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७१ अंकले घटेर २८७.०७ बिन्दुमा रोकिएको छ ।

१८५ कम्पनीको २४ लाख ७४ हजार ३२९ कित्ता सेयर ९७ करोड ६२ लाख ३५ हजार ५९ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १५.१२, विकास बैंक १८.३१, निर्जीबन बीमा ११३.४४,उत्पादन तथा प्रशोधन ४०.८, माइक्रोफाइन्स २९.९, जीवन बीमा समूहको उपसूचक १३६.५९ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । कोषको ८ करोड ९ लाख ९२ हजार १८८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तो दोस्रो र तेस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी र नेको इन्स्यारेन्स रहेका छन् ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि सम्बृद्धि फाइनान्सको कारोबारमा सकारात्मक सर्किट लागेको छ । सम्बृद्धि फाइनान्सले २०० प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डबाट अनुमति पाएसँगै लगानीकर्ताको ध्यान यता गएको छ ।

Publish on: