ग्लोवल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेसीसहरमा « Eglish Khabarhub

ग्लोवल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेसीसहरमा



काठमाडौं । ग्लोवल आइएमई बैंकले भदौ १ गते सोमबार लमजुङ, बेसीसहरस्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकको ४१औँ एक्सटेन्सन काउण्टरको उद्घाटन कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङका प्रमुख भगवान प्रसाद उप्रेती र भूमिसुधार तथा मालपोत कार्यालय बेसीसहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्तरुपमा गरेका थिए ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

भूमिसुधार तथा मालपोत कार्यालय बेसिसहर अन्तर्गतका सेवाग्राहीलगायत अन्य सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर शुरु गरिएको बैंकले जानकारी दिएको छ ।

ग्लोवल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जालसहित २३४ एटीएम, ४१ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २१८ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत् आफ्ना २० लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Publish on: