सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने निरासाजनक « Eglish Khabarhub

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने निरासाजनक



काठमाडौं । सेयर कारोबारका लागि यो साताको अन्तिम दिन बिहीबार सामान्य सुधार आएपनि कारोबार रकममा भने गिरावट आएको छ ।

नेप्से मापन गर्ने सूचक ६.२८ अंकले बढेर १३९७.५७ बिन्दुमा रोकिएको छ । १८२ कम्पनीको १२ लाख १४ हजार ५१४ कित्ता सेयर ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैकिङ समूहको उपसूचक ५.४२,टे«डिङ २०.११, निर्जीबन बीमा ३२.४१, उत्पादन तथा प्रशोधन समूह २१.७३, माइक्रोफाइनान्स १२.०२, जीवन बीमा समूहको उपसूचक ५६.८२ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेको इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेकोको ३ करोड २ लाख १० हजार ८३९ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नागरिक लगानीकोष पुनर्बीमा कम्पनी रहेको छ ।

Publish on: