पहिलो दिन नै रिलायन्स लाइफको आईपीओमा सवा २७ करोडको आवेदन « Eglish Khabarhub

पहिलो दिन नै रिलायन्स लाइफको आईपीओमा सवा २७ करोडको आवेदन



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री सुरु भएको पहिलो दिन नै २७ करोड ३० लाख १३ हजार रुपैयाँको आवेदन परेको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार ५५ हजार २८४ जना आवेदकले २७ लाख ३० हजार १३० कित्ताका लागि आवेदन दिएका हुन् ।
इन्स्योरेन्सले बिहीबारबाट सर्वसाधारको लागि ५६ लाख ७० हजार कित्ता सेयर बिक्री खुला गरेको छ ।

यो आईपीओमा लगानीकर्ताले छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

Publish on: