टीएमबाट पैसा निकाल्न खोज्दा पैसा नकिल्ने तर,खाताबाट काट्ने समस्या आउछ । एटीएम प्रयोगकर्ता यो समस्या भोग्ने धेरै नै छन् ।
कतिपयलाई यस्तो अवस्थामा, कहाँ गुनासो गर्ने भन्ने थाहा हुन सक्दैन। बैंक ग्राहक सेवा सम्पर्क गर्दा, बैंक आश्वासन दिन्छ कि पैसा फिर्ता भएर तपाईको खातामा आउने छ ।
कुनैबेला भनेको बेलामा पैसा फिर्ता आएपनि कुनैबेला भनेको बेला पैसा फिर्ता आएको हुँदैन । भारतमा भने एटीएमबाट पैसा नकिल्ने तर,पैसा काटिएमा भने ग्राहकमैत्री नीति आएको छ ।
भारतको रिजर्व बैंकको नियम अनुसार, लेनदेन असफल भएमा कटौती गरिएको पैसा तपाईंको खातामा हस्तान्तरण गर्नु बैंकको दायित्व हुनेछ। आरबीआई नियम अनुसार यसरी एटीएम मेसिनले पैसा नदिने तर,खाताबाट पैसा काटिएमा क्षतिपूर्ति दिने
जब ग्राहकको लेनदेन असफल हुन्छ र खाताबाट पैसा कटौती गरिन्छ, कटौती भएको पैसा तुरुन्त बैंकमा फिर्ता गर्नु पर्छ।
गुनासो पेश गरेको दिन नै ग्राहकको खातामा पैसा आउनु पर्छ ।
यदि पैसा सात दिन पछि पनि आउँदैन भने बैंकले दैनिक १०० रुपैयाँ क्षतिपूर्ति तिर्नु पर्नेछ।
बैंकबाट जरिवाना लिन ग्राहकले ३० दिन भित्र गुनासो पेश गर्नु पर्नेछ। यदि तपाईंले यस पछि गुनासो गर्नुभयो भने, तपाईंले क्षतिहरू प्राप्त गर्न सक्नुहुने छैन। लेनदेन पर्ची वा खाता स्टेटमेन्ट बैंकलाई दिनु पर्छ ।
यदि रकम ३० दिन भित्र फिर्ता गरिएन भने ग्राहकले एनेक्स्योर फारम भर्न पर्छ ।
नियम जुन दिन तपाईले यो फाराम भर्नुहुन्छ, ग्राहकको जरिवाना उही दिनबाट सुरु हुनेछ, अर्थात यदि फारम भर्ने १० दिन सम्म पैसा फिर्ता गरिएन भने बैंकले तपाईंलाई १०० रुपैयाँमा १००० रुपैयाँ दिनेछ । ऐजेन्सी
SHARE YOUR THOUGHTS