अन्तिम समयमा फर्कियो सेयर बजार, कारोबार रकम अर्ब बढी « Eglish Khabarhub

अन्तिम समयमा फर्कियो सेयर बजार, कारोबार रकम अर्ब बढी



काठमाडौं । सेयर कारोबारमा सुरु देखि उचार देखिएको उतार चढाव अन्तिम समयमा भने बढोत्तरीमा रुपमान्तरण भएको छ ।

बजारमा निकै उतार चढाव भएपनि अन्तिम समयमा दोहोरो अंकले बढेको छ । नेप्से मापन गर्ने सूचक दोहोरो अकले बढ्दा कारोबार रकम पनि एक अर्ब कटेको छ । बजार मापन गर्ने सूचक १२.७७ अंकले बढेर १४१०.३४ बिन्दुमा रोकिएको छ ।

१८४ कम्पनीको २४ लाख ९८ हजार ६६२ कित्ता सेयर १ अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा बैकिङ समूहको ४.८, विकास बैंक ७.९३, निर्जीबन बीमा २३३.२२, उत्पादत तथा प्रशोधन ८८.२३, माइक्रोफाइनान्स २३.६१, जीवन बीमा समूहको उपसूचक १७३.८४ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेको इन्स्योरेन्स रहेको छ । नेकोको १४ करोड ६४ लाख ३ हजार ८१९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी रहेका छन् ।

Publish on: