काठमाडौं । निषेधाज्ञा भर उपत्यकाका पसल विहान सवा ९ बजेसम्म मात्रै खोल्न पाइने भएको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा खाद्य पसलहरु बिहान सवा ९ बजेसम्म मात्रै खोल्न पाइने उल्लेख गरिएको छ ।
भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा अवधि भर पानी, मेडिकल पसल र स्वास्थ्य सामग्री पाइने पसल भने खुला राख्न पाइने छ । तर अत्यावश्यक वस्तु, सेवा, खाद्य वस्तु, दुध, फलफूल, तरकारी, माछा, मासुको बिक्री बिहान सवा ९ बजेसम्म मात्रै गर्न पाइनेछ ।
सरकारले उपत्यकामा कोरोनाको जोखिम बढेको भन्दै एक साताका लागि निषेधाज्ञा लागू गरेको थियो । हाल उपत्यकामा ३ हजारभन्दा बढी कोरोना संक्रमित छन् ।
SHARE YOUR THOUGHTS