काठमाडौं । डिसहोमले आफ्ना ग्राहकहरुलाई शुल्क तिर्ने म्याद सकिएको १० दिनसम्म सेवा दिने भएको छ । यस अघिसम्म म्याद सकिएको ५ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि १० दिन पु¥याएको हो ।
यो सेवाका साथ ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप १० दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने बताइएको छ ।
यो प्रक्रिया झँझट रहित स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुनेछ र यो सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु पर्ने छैन ।
जसका लागि डिसहोम क्रेडिट सर्भिस खुलाउनको लागि मोबाइलको मेसेज बक्समा गई क्रेडिट कस्टमर आइडी टाईप गरि उक्त मेसेजलाई ३२५०० मा पठाउन पर्नेछ ।
जसपछि १० दिनको क्रेडिट प्राप्त भएको जानकारी ग्राहकको मोबाइलमा प्रप्त हुनेछ साथै मिलकलबाट क्रेडिट सेवा लिन ९८०१११२२३३ मा मिसकल दिएर पनि थप १० दिनका लागि टिभी सिग्नल खुलाउन सकिने कम्पनीले जनाएको छ ।
SHARE YOUR THOUGHTS