काठमाडौं । बीमा समितिले निर्जीबन बीमा कम्पनीलाई लकडाउनको अवधिमा बन्द भएका उद्योगको बीमा शुल्कमा छुट दिन निर्देशन दिएको छ ।
सम्पत्ति बीमा निर्देशिका २०७५ को अनुसूचि ११ को १६९ बुँदामा बन्द अवस्थाको कलकारखानाको बीमा दरलाई छुट दिने निर्देशन दिएको हो ।
समितिको निर्देशनमा प्रतिहजार ३ रुपैयाँ रहेकोमा हाल कायम बीमा दरको एक तिहाई कायम गर्न निर्देशन दिएको छ ।
समितिले लकडाउनका कारण बन्द अवस्थाको जोखिमको लागि इक तिहाइ तथा जोमिख समूहको बीमा दर ५० प्रतिशत समानुपातिक रुपले छुट गर्ने भन्दै बजेटमा नै व्यवस्था गरेको जनाएको छ ।
बजेटमा भएको व्यवस्था पनि कार्यान्वयन गर्न भनेको छ । यस्तो छुट ८३ दिनको लागि कामय हुने समितिले जनाएको छ ।
SHARE YOUR THOUGHTS