कृषि विकास बैंकका पूर्व कर्मचारी आचार्य सीडीएससीको सिइओमा नियुक्त « Eglish Khabarhub

कृषि विकास बैंकका पूर्व कर्मचारी आचार्य सीडीएससीको सिइओमा नियुक्त



काठमाडौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पूर्णप्रसाद आचार्य नियुक्त भएका छन् ।

सिइओ छनोट समितिले कृष्ण गिरी, भीष्म चालिसे र पूर्णप्रसाद आर्चायको नाम सिफारिस गरेको थियो ।

गिरी र चालिसेलाई पछि पार्दै आचार्य सिइओमा नियुक्त भएका हुन । उनी कृषि विकास बैंकका पूर्व कर्मचारी हुन् ।

सिडिएससीले सिइओका लागि आवेदन खुला गरेका थियो । जसमा सात जनाको आवेदन दिएका थिए ।

निवर्तमान सिइओ देवप्रकाश गुप्ताको कार्यलका असोज ९ गते सकिएपछि कायम मुकायम सिइओको जिम्मा कञ्चन सापकोटालाई दिइएको थियो । भदौ ८ गतेपछि भने सिडिएससीले सिइओ पाएको छ ।

Publish on: