काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ । यसको लागि नेप्सेमा सूचिकरण सम्झौता सम्पन्न भएको छ ।
कम्पनीको १ करोड १३ लाख २६ हजार ८२१ कित्ता सेयर नेप्सेमा सूचिकृत गरेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरको लागि न्यूनतम प्रतिकित्ता १०२ रुपैयाँ ०६ पैसा र अधिकतम ३०६ रुपैयाँ १८ पैसा ओपनिङ रेञ्ज पाएको छ ।
SHARE YOUR THOUGHTS